Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकिन इन्टरनेटबाट केही कुरा डिलिट गर्नु लगभग असम्भव छ ?

किन इन्टरनेटबाट केही कुरा डिलिट गर्नु लगभग असम्भव छ ?


अमेरिका । धेरै मानिसहरु आफ्ना पोस्टहरु, मेसेजहरु र व्यक्तिगत विवरण चाहेमा मजाले हटाउन सकिन्छ भन्ने सोचमा आफ्नो डिजिटल जिन्दगी जिइरहेका हुन्छन् । तर यो हप्ता भएको प्रविधिसम्बन्धी सुनुवाइले त्यो अनुमानमा प्रश्न उठाएको छ ।

ट्विटरका पूर्व सुरक्षा प्रमुख पिटर मज जात्कोले मंगलबार अमेरिकी माथिल्लो सदनको एक समितिमा सामाजिक सञ्जालले भरपर्दो गरी आफ्नो एकाउन्टहरु रद्द गर्न चाहेका प्रयोगकर्ताको तथ्यांक डिलिट नगर्ने बताए । यसले गत महिना द वासिङटन पोस्ट र सीएनएनले एक स्रोतमार्फत गरेको विभिन्न आरोपहरुको खुलासालाई थप विस्तार गरेको छ ।

आफ्नो सुनुवाइको क्रममा र स्रोत खुलासाका क्रममा जात्कोले ट्विटरले प्रयोगकर्ताको डेटा भरपर्दो गरी डिलिट नगर्ने बताए । कुनै कुनै अवस्थामा ट्विटरले सूचना ट्राक नै गर्न नसकेको उनको भनाइ थियो । तर जात्कोको आरोपहरुलाई ट्विटरले भने कम्पनीबारे गलत भनाइ भन्दै खण्डन गरेको छ । ट्विटरले यसअघि उसले डिलिट प्रक्रिया सुरु गर्न कामको गति बढाएको बताए पनि त्यो प्रक्रिया पूरा भए नभएको केही बताएको छैन ।

जात्कोका आरोपहरु बुलन्द त छँदै छन् यसले सान्द्रा मात्जको अनलाइनमा विवरण सेयर गर्दा हामी कति दिमागहीन छौँ भन्ने अर्को कुरा पनि सम्झाउँछ ।

‘देख्दा कति सामान्य तर त्यहाँ तपाईं जे कुरा राख्नुहुन्छ, कहिल्यै नसोच्नु कि ती फेरि नितान्त निजी रहन्छन्’, सामाजिक सञ्जाल अनुसन्धातासमेत रहेका कोलम्बिया बिजनेस स्कुलका प्राध्यापक मात्जले भने, ‘इन्टरनेटबाट केही कुरा झिक्न रिसेट बटन थिच्नु लगभग असम्भवप्रायः छ ।’

हाम्रो डेटा नियन्त्रण गर्न सकिने अवस्था र यसलाई डिलिट गर्न सक्ने सामथ्र्यमा निर्धक्क हुन सक्ने नसक्नेबारे तार्किक रुपमा अहिलेजस्तो कुरा कहिल्यै भएको छैन । जुन महिनामा रोय भी वेडलाई सर्वोच्च अदालतले उल्ट्याउँदै गर्दा यसबाट मानिसहरु जसले गर्भपतन सेवाबारे सूचनाका लागि अनलाइन खोजी गर्नेलाई दण्डित गर्न त्यहाँ अब सर्च हिस्ट्री, ठेगाना, टेक्स्ट मेसेज र अरु धेरै प्रयोग हुनसक्ने सम्भावना छ ।

जुलाईमा फेसबुकको मातृकम्पनी मेटा पनि अनुसन्धानमा तानिएको थियो । समाचारमा मेसेन्जरमा पठाइएका मेसेजमार्फत नेब्रास्काकी एक किशोरी र उनकी आमालाई नियामक निकायले गर्भपतन गराएको आरोपमा पक्रिएको थियो । (त्यहाँ मेसेजहरु यसअघि डिलिट गरिएको कुनै संकेत मिलेको थिएन ।)

टेक्सस एएन्डएम युनिभर्सिटीमा प्राध्यापक रहेका एक साइबर सुरक्षा अनुसन्धाता रवि सेनले निश्चित अवस्थामा नियामक र अन्य समूहहरुले स्रोत र पहुँचद्वारा टुल्स र विज्ञताको सहयोगले डिलिट गरिएका डेटा रिकभर गर्न सक्ने बताए ।

सेनले धेरै मानिसलाई आफ्नो विवरण कहाँ पुगेर सकिन्छ भन्ने जानकारी नभएको बताए । इमेल, सामाजिक मिडिया प्रतिक्रिया वा प्रत्यक्ष मेसेजजस्ता जुनसुकै पोस्ट प्रयोगकर्ताको मोबाइल, पाउनेको मोबाइल र कम्पनीहरुको सर्भरमा सामान्यतया सेभ हुने बताए ।

जसले पठाएको विषयवस्तु हो उसले डिलिट गरेको कुरा ती तीनै ठाउँबाट डिलिट हुनुपर्छ । तर सामान्यतया यो सजिलै हुन नसक्ने उनको भनाइ छ । यद्यपि सेन आफैँले ती कम्पनीहरुसँग सर्भरबाट डिलिट गर्न लगाउन सकिने बताउँछन् । तर प्रयोगकर्ताले यसो नगर्ने गरेको उनको भनाइ छ । प्रयोगकर्ताको डिभाइसबाट समयसँगै डिलिट गरेको मेसेज रिकभर हुने अवस्था घट्दै जाने उनको भनाइ छ ।

गोपनीयता मामिलाका जानकारहरुका अनुसार आफ्नो अनलाइन डेटा नियन्त्रण गर्न हामीले एन्ड टु एन्ड इनक्रिप्सनको सुविधा दिएका एप चलाउन ठीक हुन्छ ।

त्यस्तै आफ्नो क्लाउड ब्याकअप सेटिंग्स व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण हुन्छ । किनकि यसले इनक्रिप्ट भएका सेवाहरुबाट गोप्य डेटा जहाँसुकै पहुँचयोग्य नहुने सुनिश्चितता हुनसक्छ । तर प्रयोगकर्ताले यी सबै सतर्कता अपनाउँदा पनि एकपटक केही कुरा अनलाइनमा राखिसकेपछि त्यसप्रति उसले नियन्त्रण गुमाउने मात्ज बताउँछिन् ।

‘किनभने यदि अहिले ट्विटरले पोस्ट डिलिट गर्छ वा फेसबुकबाट हामी नै डिलिट गर्छौँ भने पनि कसैले त्यसअघि नै ती कुरा कपी गरिसकेको हुनसक्छ । मात्ज ठूला कम्पनीहरुमा सेयर गर्नुअघि मानिसहरुलाई सतर्क हुन सुझाउँछिन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया