Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारआईएमएफद्वारा बेलायती कर कटौतीको आलोचना

आईएमएफद्वारा बेलायती कर कटौतीको आलोचना


लण्डन । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले बेलायत सरकारको कर कटौती प्रस्तावको खुल्ला आलोचना गरेको छ । सरकारले ठूलो कर कटौती योजना ल्याउनलागेको भन्दै कोषले आलोचना गरेको हो । यसले मानिसहरुको जीवनयापन लागत बढ्ने कोषले चेतावनी समेत दिएको छ ।

असामान्य रुपमा जारी वक्तव्यमा कोषले उक्त प्रस्तावले असमानता बढाउने र मूल्य वृद्धिमा दबाब सिर्जना हुने जनाएको छ । बजार यसअघि नै उक्त योजनालाई लिएर सशंकित बनेको छ भने पाउन्ड स्टर्लिङको अवमूल्यन भएको छ । सरकारले भने कर कटौतीसँगै आर्थिक वृद्धि हुने दाबी गरेको छ । आईएमएफले चेतावनी दिएसँगै बुधबार स्टर्लिङ शून्य दशमलव सात प्रतिशतले घटेर १.०६ अमेरिकी डलर पुगेको थियो । सोमबार मात्र बेलायती मुद्रा ऐतिहासिक रुपमा कमजोर बनेको थियो ।

चान्सलर क्वासी क्वार्तेङले ५० वर्षमा देशको ठूलो कर प्याकेज सार्वजनिक गरेका थिए । तर ४५ अर्ब पाउन्डको कर कटौतीलाई लिएर सरकारी सापटी र ब्याजदर ह्वात्तै बढ्नसक्ने डर पैदा भएको बताइएको छ । आईएमएफले विश्व अर्थतन्त्रलाई स्थिरता दिन काम गर्ने र यसको पहिलो भूमिका नै अर्थतन्त्र बिग्रिनुअघि नै चेतावनी दिने गर्छ ।

कोषले आर्थिक वृद्धिलाई लक्षित गरी उक्त योजना ल्याइए पनि कटौतीले मूल्य वृद्धिको अन्तर थप बढ्ने बताएको छ । जसलाई बेलायतकै केन्द्रीय बैंकले घटाउन चाहिरहेको छ । आईएमएफले नोभेम्बर २३ मा बेलायत सरकारले ल्याउने आर्थिक योजनामा कर मूल्यांकन गर्ने अवसर भएको बताएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया