भारतको आर्थिक वृद्धिदर ६.८ प्रतिशत हुने
नयाँ दिल्ली । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सन् २०२२ मा भारतको आर्थिक वृद्धिदर ६.८ प्रतिशतमा झार्ने प्रक्षेपण गरेको छ । आईएमएफले यस वर्ष भारतको आर्थिक वृद्धिदरको प्रक्षेपणलाई दोस्रो पटक घटाएको हो ।
जुलाईमा आईएमएफले सन् २०२२ को अप्रिलदेखि सुरु हुने आर्थिक वर्षमा भारतको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) ७.४ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको थियो । यो अनुमान यस वर्षको जनवरीमा अनुमान गरिएको ८.२ प्रतिशतभन्दा कम हो । आर्थिक वर्ष २०२१–२२ (अप्रिल २०२१ देखि मार्च २०२२) मा भारतको आर्थिक वृद्धि दर ८.७ प्रतिशतले बढेको छ ।
आईएमएफले मंगलबार सार्वजनिक गरेको वार्षिक अन्तर्राष्ट्रिय आर्थिक मूल्याड्ढन रिपोर्टमा सन् २०२२ मा भारतको आर्थिक वृद्धिदर ६.८ प्रतिशत रहने उल्लेख छ । जुलाईको पूर्वानुमानभन्दा ०.६ प्रतिशत बिन्दुले तल झरेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- पाँच अंकले बढ्यो नेप्से
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया