इस्लामावाद । बाढी पहिरोबाट अत्यधिक प्रभावित भएको पाकिस्तानमा रेमिट्यान्स घट्न थालेको छ । पाकिस्तानको केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणमा गत सेप्टेम्बर महिनामा पाकिस्तानमा रेमिट्यान्स घटेको देखिएको हो । गत महिना १०.५ प्रतिशतको दरले रेमिट्यान्स घटेको बैंकका उच्च अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । विभिन्न देशमा रहेका पाकिस्तानका नागरिकले गत महिना दुई अर्ब ४० करोड रेमिट्यान्स पठाएकोमा अघिल्लो महिना दुई अरब ७० करोड रेमिट्यान्स आएको थियो ।
सबैभन्दा धेरै साउदी अरबबाट रेमिट्यान्स आएको देखिएको छ भने दोस्रो धेरै संयुक्त अर्ब इमिरेट्स (युएइ)बाट आएको पाइएको छ । त्यसैगरी बेलायत, अमेरिकालगायतका अति विकसित देशहरूबाट रेमिट्यान्स रकम पठाउनेहरूको सङ्ख्या पनि धेरै रहेको छ । पाकिस्तानको अर्थतन्त्रमा रेमिट्यान्सको ठूलो भूमिका रहेको छ । पाकिस्तानमा रेमिट्यान्सलाई विदेशी मुद्रा आयातको मुख्य श्रोतका रूपमा लिइन्छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- पाँच अंकले बढ्यो नेप्से
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया