Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियटेस्लाले चीनबाट करिब १३ हजार मोडल ३ गाडी फिर्ता गर्ने

टेस्लाले चीनबाट करिब १३ हजार मोडल ३ गाडी फिर्ता गर्ने


चीन । वद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट १२ हजार आठ सय ६३ मोडल ३ का गाडी फिर्ता गर्न थालेको छ ।

सिन्ह्वाका अनुसार फिर्ता गरिने सवारीसाधनमा गत १२ जनवरी २०१९ र २२ नोभेम्बर २०१९ बीच उत्पादन भएका दुई हजार सात सय ३६ आयातित सवारीसाधनहरू र अक्टोबरको बीचमा चीनमा उत्पादन भएका १० हजार एक सय २७ समावेश छन् ।

फिर्ता लिइएका सवारीसाधनहरूमा बिक्रीपछि मर्मत वा मर्मतसम्भार गर्दा दोस्रो पंक्तिको सिटको बीचको सुरक्षा बेल्ट अनुपयुक्त रूपमा पुनः स्थापना गरिएको बताइएको छ । 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया