म्यानमारमा १ करोड ३३ लाख डलरबराबरको लागूऔषध बरामद
म्यानमार । म्यानमारका अधिकारीहरूले शान राज्यमा २८ अर्ब क्याट (१ करोड ३३ लाख अमेरिकी डलर) भन्दा बढी मूल्यको ०.६ मिलियन एक्स्टेसी ट्याब्लेट (लागूऔषध) जफत गरेको छ ।
राज्य सञ्चालित सञ्चारमाध्यमले प्रहरी स्रोतलाई उद्धृत गर्दै आइतबार जनाएअनुसार लागूऔषध विरुद्धको अपरेशनमा प्रहरीले गत नोभेम्बर २१ मबजे पूर्वी शान राज्यको ताचिलेक टाउनसिपमा रहेको एउटा घरमा छापा मारेर सो परिमाणको लागूऔषध बरामद गरेको हो ।
कारबाहीका क्रममा घरबाट एक सय १३ दशमलव ४ किलो ह्याप्पी वाटर, ३५ हजार थान इरिमिन–५ ट्याब्लेट र एउटा होन्डा गाडीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । घरको मालिकलाई देशको नार्कोटिक ड्रग्स र साइकोट्रोपिक पदार्थ कानुनअन्तर्गत कारबाही सिफारिस गरिएको छ । सो घटनाबारे अनुसन्धान जारी रहेको बताइएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- सेयर बजारमा उछाल
- सिभिल लघुवित्तको नाफा एक करोड ३३ लाख
- एनआईसी एसिया लघुवित्तको नाफा १४ करोड ९२ लाख
- निर्धन उत्थान लघुवित्तको वार्षिक साधारणसभा
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- आईएमई–पेको ‘मन्थ अफ लभ’ अफर
- टर्की र सिरियामा भूकम्पको विध्वंस, २३ सयभन्दा बढी मानिसको मृत्यु, हजारौँ घाइते
- बौद्धिक विकासका लागि सार्वजनिक पुस्तकालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया