इन्डोनेसियाको भूकम्पमा मृत्यु हुनेको संख्या ३२१ पुग्यो
बाली । इन्डोनेसियाको जाभा टापुमा यस हप्ता गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या तीन सय २१ पुगेको छ ।
उद्धारकर्ताहरूले आइतबार थप शव फेला पारेको राष्ट्रिय प्रकोप न्यूनीकरण निकायले जनाएको छ । जाभाको सिआनजुर सहरमा सोमबार ५.६ म्याग्निच्युडको भूकम्पल गएको थियो । अधिकांश पीडितहरू भवनहरू भत्किँदा र आसपासमा पहिरो खस्दा मारिएका थिए ।
प्रकोप न्यूनीकरण एजेन्सीका प्रमुख सुहार्यान्तोले बताएअनुसार पछिल्लो समय तीन शव फेला परेसँगै आजसम्म मृत्यु हुनेको संख्या तीन सय २१ पुगेको हो । भूकम्पमा फसेका ११ जना अझै बेपत्ता छन् । उद्धारकर्ताहरूले खोजी तथा उद्धार कार्यलाई तीव्रता दिने बताएका छन् ।
भूकम्पले ६२ हजार भन्दा बढी घरमा क्षति पुगेको र ७३ हजार भन्दा बढी मानिसहरूलाई विस्थापित गरेको छ । प्रकोप एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले अधिकारीहरूले अर्को हप्ता आपतकालीन उद्धारको अवधि १४ दिनभन्दा बढी विस्तार गर्ने कि नगर्ने भनेर निर्णय लिने छन् ।
सोमबारको भूकम्प सन् २०१८ को भूकम्प पछि द्वीपसमूह राष्ट्रमा सबैभन्दा घातक रहेको जनाइएको छ । सुनामीले सुलावेसी टापुमा चार हजार भन्दा बढी मानिसको ज्यान लिएको थियो । रासस/एएफपी
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- सेयर बजारमा उछाल
- सिभिल लघुवित्तको नाफा एक करोड ३३ लाख
- एनआईसी एसिया लघुवित्तको नाफा १४ करोड ९२ लाख
- निर्धन उत्थान लघुवित्तको वार्षिक साधारणसभा
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- आईएमई–पेको ‘मन्थ अफ लभ’ अफर
- टर्की र सिरियामा भूकम्पको विध्वंस, २३ सयभन्दा बढी मानिसको मृत्यु, हजारौँ घाइते
- बौद्धिक विकासका लागि सार्वजनिक पुस्तकालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया