Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारक्यानडाको अर्थतन्त्र तेस्रो त्रैमासिकमा २.९ प्रतिशतले वृद्धि

क्यानडाको अर्थतन्त्र तेस्रो त्रैमासिकमा २.९ प्रतिशतले वृद्धि


ओटावा । क्यानडाको अर्थतन्त्र तेस्रो त्रैमासिकमा २.९ प्रतिशतले वृद्धि भएको सरकारी तथ्यांकले देखाएको छ मंगलबार सार्वजनिक तथ्यांकले अर्थतन्त्र सुस्त हुने विगतको पूर्वानुमानलाई यसले फरक ढङ्गले पुष्टि गरेको छ ।

यसका पछाडि उच्च निर्यात र गैर–आवासीय संरचनाहरूमा जुलाईदेखि सेप्टेम्बर अवधिमा लगानी, व्यापार सूचीमा बढोत्तरी, आवास र घरेलु खर्चमा गिरावटलगायतका कारणहरू प्रमुख रहेका छन् ।

विश्लेषक रोयस मेन्डेसका अनुसार ठोस वृद्धि, लगभग दोब्बर अपेक्षाहरूको बाबजुद, प्रायः बाह्य माग र अस्थिर वर्गहरूबाट आएको देखिन्छ । धेरै अर्थशास्त्रीहरूले क्यानडा अर्को वर्ष मन्दीमा जाने भविष्यवाणी गरेका छन् । जबकि सरकारले सन् २०२२ मा ३.९ प्रतिशतबाट २०२३ मा ०.७ प्रतिशतमा वृद्धि हुने अनुमान गरेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया