बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले मंगलबार चीन रुससँग ऊर्जा सहकार्यमा घनिष्ट साझेदारी गर्न तयार रहेको बताएका छन् । ऊर्जा सहयोग चीन र रुसबीचको व्यावहारिक सहयोगको महत्त्वपूर्ण आधारशिला हो र विश्व ऊर्जा सुरक्षा कायम राख्नको लागि सकारात्मक शक्ति भएको राष्ट्रपति सीले चौथो चीन–रुस ऊर्जा व्यापार मञ्चलाई पठाएको बधाइ पत्रमा उल्लेख गरिएको छ ।
उनले बाह्य जोखिम र चुनौतीहरूको सामना गर्दै दुई देशले सञ्चार र समन्वयलाई सुदृढ बनाएको र ठूला सहयोगी परियोजनाहरूलाई अगाडि बढाएको पनि उल्लेख गरेका छन् । राष्ट्रपति सीले यस नयाँ युगमा चीन–रूस बीच ऊर्जा विकासमा सहयोग र समन्वयको व्यापक रणनीतिक साझेदारीको व्यापक सम्भावनाहरूमा पनि जोड दिएका छन् ।
राष्ट्रपति सीले स्वच्छ र हरित ऊर्जा विकासमा जोड दिन र अन्तरराष्ट्रिय ऊर्जा सुरक्षा र औद्योगिक र आपूर्ति शृंखलाको स्थिरताको रक्षा गर्न र दीर्घकालीन, स्वस्थ र दिगो विकासमा नयाँ योगदान पु-याउन चिनियाँ पक्ष रुससँग हात मिलाउन तयार रहेको पनि बताएका छन् । यस्तै मंगलबार नै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि ऊर्जा व्यापार मञ्चलाई बधाइ पत्र पठाएका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- सेयर बजारमा उछाल
- सिभिल लघुवित्तको नाफा एक करोड ३३ लाख
- एनआईसी एसिया लघुवित्तको नाफा १४ करोड ९२ लाख
- निर्धन उत्थान लघुवित्तको वार्षिक साधारणसभा
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- आईएमई–पेको ‘मन्थ अफ लभ’ अफर
- टर्की र सिरियामा भूकम्पको विध्वंस, २३ सयभन्दा बढी मानिसको मृत्यु, हजारौँ घाइते
- बौद्धिक विकासका लागि सार्वजनिक पुस्तकालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया