Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियरूसको रोक्का सम्पत्ति जफत गर्ने ईयूको प्रस्ताव

रूसको रोक्का सम्पत्ति जफत गर्ने ईयूको प्रस्ताव


ब्रसेल्स । युरोपेली आयोगले युक्रेनलाई द्वन्द्वका कारण भएको क्षतिको क्षतिपूर्ति दिन रोक्का रूसी सम्पत्ति जफत गर्ने योजना बुधबार प्रस्ताव गरेको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले एक विज्ञप्ति जारी गर्दै उक्त रकम युक्रेनमा भएको क्षतिको क्षतिपूर्तिका लागि पठाइने बताएकी हुन् ।

उनले भनिन्, ‘हामीले रूसी केन्द्रीय बैंकको तीन खर्ब युरो रोक्का गरेका छौँ । साथै, रुसी कुलीन वर्गको सम्पत्ति जफत गरेका छौँ ।’ अन्तर्राष्ट्रिय बजारमा बुधबार १ यूरोको १.४ अमेरिकी डलरले कारोबार भएको छ ।

‘छोटो अवधिमा, युरोपेली संघ (ईयू) र यसका साझेदारहरूले कोषको व्यवस्थापन गर्न सक्दछन् र युक्रेनलाई हस्तान्तरण नगरेसम्म लगानी गर्न सक्दछन्’, उनले भनिन्, ‘हामी यसलाई सम्भव बनाउन हाम्रा साझेदारहरूसँग अन्तर्राष्ट्रिय सम्झौतामा काम गर्नेछौँ र सँगसँगै यसलाई प्राप्त गर्न कानुनी तरिकाहरूको खोजी गर्न सक्छौँ ।’

उनले ईयूले संयुक्त राष्ट्रसंघको समर्थनमा एक विशेष अदालत स्थापना गर्ने प्रस्ताव पनि गरिरहेको बताउँदै त्यसले रूसको आक्रामक अपराधको अनुसन्धान र अभियोजन गर्ने जानकारी दिइन् । 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया