Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअफगानिस्तानका लागि पाकिस्तानी राजदूत गोली प्रहारबाट बच्न सफल

अफगानिस्तानका लागि पाकिस्तानी राजदूत गोली प्रहारबाट बच्न सफल


काबुल । फगानिस्तानका लागि पाकिस्तानी राजदूत ओबैद उर रहमान निजामानी अफगानिस्तानको राजधानी काबुलमा भएको बन्दुक आक्रमणमा जोगिएका छन् ।

स्थानीय टिभी च्यानल टोलो न्युज टिभीले शुक्रबार जनाएअनुसार पाकिस्तानी दूतावासका एक सुरक्षा गार्ड दूतावासको प्रवेशद्वारमा अज्ञात सशस्त्र व्यक्तिहरूले गोली चलाउँदा घाइते भएको टिभी च्यानलले सामाजिक सञ्जालमा उल्लैक गरेको छ ।

एक प्रत्यक्षदर्शीले नाम न छाप्ने शर्तमा सिन्ह्वालाई बताए अनुसार उनी गोली चल्ने बेला पाकिस्तानी दूतावास नजिकको क्षेत्रमा हिँड्डुल गर्दै थिए । यहाँको परराष्ट्र मन्त्रालयले पाकिस्तानी दूतावासमा भएको आक्रमणको निन्दा गर्दै घटनाको अनुसन्धान गर्ने बताएको छ । घटना कुन समूहले किन गरेको भन्ने अहिलेसम्म खुल्नसकेको छैन । 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया