नोभेम्बरमा अमेरिकामा साढे २ लाख रोजगारी सिर्जना
मिनियापोलिस । अमेरिकी अर्थतन्त्रले गत नोभेम्बर महिनामा साढे दुई लाखभन्दा धेरै रोजगारी सिर्जना गरेको छ । दशककै उच्च महंगी घटाउने र अर्थतन्त्रलाई सामान्य बनाउन फेडेरल रिजर्भले लिएको आक्रामक नीतिका बाबजुद अमेरिकामा दुई लाख ६३ हजार रोजगारी सिर्जना भएको हो ।
यता बेरोजगारी दर भने ३.७ प्रतिशत रहेको अमेरिकी श्रम विभागले जनाएको छ । अर्थशास्त्रीहरुले गरेको सर्वेमा भने दुई लाख रोजगारी मात्रै सिर्जना हुने देखिएको थियो । सर्वेमा पनि बेरोजगारी दर भने ३.७ प्रतिशत नै रहने पाइएको थियो । आतिथ्य क्षेत्र र स्वास्थ्य सेवा क्षेत्रमा धेरै रोजगारी सिर्जना भएको छ । पछिल्लो तथ्यांकअनुसार प्रतिघण्टा आम्दानी समेत नसोचेको दरमा बढेको पाइएको छ । यसअघि फेडेरल रिजर्भका अधिकारीले भने प्रतिघण्टा आम्दानी वृद्धिप्रति ध्यानाकर्षण गरेका थिए ।
नोभेम्बरमा औसत प्रतिघण्टा आम्दानी शून्य दशमलव छ प्रतिशतले बढेको देखिएको छ । वर्षगत तुलनामा यो ५.१ प्रतिशतले बढी हो । अर्थशास्त्रीहरुले अक्टोबरबाट ती वृद्धि सुस्त हुने आकलन गरेका थिए ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- पाँच अंकले बढ्यो नेप्से
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया