युक्रेनमाथि रुसको व्यापक हवाइ आक्रमण
किभ । रुसले राजधानी किभसँगै युक्रेनका विभिन्न भागमा हवाइ आक्रमण गरेको छ । युक्रेनी ऊर्जा केन्द्र र अन्य भौतिक पूर्वाधारलाई लक्ष्य गर्दै मस्कोले क्षेप्यास्त्र प्रहार गरेको हो ।
समाचार संस्था एपीका अनुसार कठ्यांग्रिएको किभ र आसपासका क्षेत्रमा लगातार हवाइ आक्रमण हुँदा ‘साइरन’को आवाजले सर्वसाधारणलाई अधिक चिन्तित तुल्याएको छ । युक्रेनी ऊर्जा केन्द्रमा प्रहार भएका ६९ क्षेप्यास्त्रमध्ये ५४ वटालाई निष्फल पारिएको युक्रेनका सैन्य प्रमुख भ्यालेरी जालुज्नीले बताएका छन् । रुसी आक्रमणबाट मानवीय क्षति भएको छैन ।
आकाशबाट विष्फोटक पदार्थ बोकेका ‘ड्रोन’ र लडाकू विमान अनि समुद्रबाट ‘क्रुज मिसाइल’ ले ऊर्जा केन्द्र पानी आपूर्ति गर्ने संचनामा प्रहार गरेर युक्रेनका जनताको जीवनलाई अति कष्टकर बनाएको छ । आक्रमणको यो शृंखला विगत एक महिनादेखि जारी छ । रुसी सैनिक स्थलयुद्धमा अगाडि बढ्न सङ्घर्ष गरिरहेका बेला मस्कोले हवाइ आक्रमणलाई व्यापक बनाएको हो ।
रुसी आक्रमणलाई निस्तेज पार्न राजधानी किभको हवाइ रक्षा प्रणााली सक्रिय पारिएको छ । शहरमा विष्फोटका आवाज सुनिएका छन् । एक जना १४ वर्षीया किशोरीसहित तीन जना घाइते भएका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- पाँच अंकले बढ्यो नेप्से
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया