अरब क्षेत्रको एक तिहाइ जनसंख्या गरिबीबाट प्रभावित
बेरुत । अरब क्षेत्रको एक तिहाइ अर्थात् १३ करोड जनसंख्या गरिबीको रेखामुनि रहेको अध्ययनले देखाएको छ । संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोग (ईएससीडब्लुए) ले शुक्रबार सार्वजनिक गरेको एक सर्वेक्षणले खाडी सहयोग परिषद् (जीसीसी) सदस्य राष्ट्र र लिबियाबाहेक अरब क्षेत्रको एक तिहाइ जनसंख्या गरिबीबाट प्रभावित गरेको जनाएको छ ।
‘अरब क्षेत्रमा आर्थिक र सामाजिक विकासको सर्वेक्षण’ नाम दिइएको उक्त प्रतिवेदनमा भनिएको छ, ‘राष्ट्रिय गरिबीको रेखामा मापन गरिएको गरिबीले अरब मुलुकका १३ करोड मानिसलाई असर गरेको छ ।’ सर्वेक्षणले आगामी दुई वर्षमा गरिबीको स्तर अझ बढ्ने र सन् २०२४ सम्ममा ३६ प्रतिशत जनसंख्यामा पुग्ने अपेक्षा गरेको छ ।
यसबाहेक, अरब क्षेत्रमा सन् २०२२ मा विश्वको सबैभन्दा उच्च बेरोजगारी दर १२ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ । कोभिड–१९ पछिको आर्थिक पुनरूत्थान प्रयासका कारण सन् २०२३ मा ११.७ प्रतिशतमा झरेको छ । सन् २०२३ मा यस क्षेत्रको आर्थिक वृद्धिदर ४.५ प्रतिशत र सन् २०२४ मा ३.४ प्रतिशत रहने अनुमान गरिएको छ ।
सर्वेक्षणका प्रमुख लेखक अहमद मौम्मीले जीसीसी र अन्य तेल निर्यातक देशहरूले उच्च ऊर्जा मूल्यबाट लाभ उठाउन जारी राख्ने बताएका छन् । तेल आयात गर्ने देशहरूले बढ्दो ऊर्जा लागत, खाद्य आपूर्तिको कमी र पर्यटन तथा अन्तर्राष्ट्रिय सहायता प्रवाह दुवैमा गिरावटसहित धेरै सामाजिक आर्थिक चुनौतीहरूको सामना गर्नेछन् ।
मौम्मीले तेल निर्यात गर्ने अरब देशहरूले समावेशी वृद्धि र दीगो विकास सिर्जना गर्ने परियोजनाहरूमा लगानी गरेर ऊर्जा क्षेत्रबाट टाढा आफ्नो अर्थव्यवस्थालाई विविधीकरण गर्नुपर्ने उल्लेख गरे । रासस/सिन्ह्वा
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- सेयर बजारमा तीव्र उतारचढाव
- अपि पावरले पायो ४० प्रतिशत हकप्रद निष्काशन गर्न सहमति
- एसियन हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्काशन गर्ने
- रिलायन्स लाइफको पुनर्जागरण अभियान
- दुई हजार कर्मचारी कटौती गर्दै बोइङ
- पर्यटन संसदीय समिति गठन गर्न सभामुखलाई परिसंघको आग्रह
- कृषिमा अब कहिल्यै त्यस्तो नहोस्
- धार्मिक पर्यटन प्रवर्द्धनमा देवघाटको महत्व
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया