Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियचीनमा पहिलो पटक जनसंख्या घट्यो

चीनमा पहिलो पटक जनसंख्या घट्यो


बेइजिङ । चीनमा दशकौँपछि पहिलोपटक जनसंख्या घट्दो क्रममा देखिएको छ । राष्ट्रिय तथ्यांक ब्युरोले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार अघिल्लो वर्षको तुलनामा सन् २०२२ मा आठ लाख ५० हजार जनसंख्या कम पाइएको छ ।

एपीका अनुसार यो संख्यामा हङकङ, मकाउ र विदेश रहेका बासिन्दाहरूबाहेक मुख्य भूमि चीनमा मात्र रहेको जनसंख्या हो । यहाँ गत वर्ष एक करोड ४१ लाख मृत्यु दर्ता गरिएको थियो भने ९० लाख ५६ हजार नवजात जनसंख्या रहेको थियो । योसँगै कुल जनसंख्या १.४१ अर्ब रहेको छ । कुल जनसंख्यामा पुरुषको संख्या ७२ करोड र महिलाको संख्या ६८ करोडको हाराहारीमा पुगेको छ । जनसंख्यामा देखिएको यो गिरावट देशले अंगीकार गरेको एक सन्तानको कडा नीतिको परिणाम रहेको बताइएको छ ।

पछिल्लो समय चीनले एक सन्तानको नीति त्यागेर दुई वा तीन सन्तान जन्माउन प्रोत्साहन गर्न खोजेको छ तर त्यो नीति पनि त्यति प्रभावकारी देखिएको छैन । जनसंख्यामा आएको यो गिरावटमा अर्को मुख्य कारक तत्वकारूपमा सहरी क्षेत्रमा बालबालिका हुर्काउने लाग्ने खर्चलाई पनि लिने गरिएको छ ।

चीन लामो समयदेखि विश्वको सबैभन्दा बढी जनसंख्या भएको राष्ट्र बनेको छ । यद्यपि भारतले चीनलाई छिट्टै उछिन्ने अपेक्षा गरिएको छ । हाल भारतको जनसंख्या १.४ अर्बभन्दा बढी रहेको र बढ्दै गइरहेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया