Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियसाउदीले दुई लाख श्रीलंकालीलाई रोजगारी दिने

साउदीले दुई लाख श्रीलंकालीलाई रोजगारी दिने


कोलम्बा । श्रीलंकाका श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायकाराले मंगलबार साउदी अरेबियाले सन् २०२३ मा दुई लाख श्रीलंकाली कामदार लैजान इच्छुक रहेको बताएका छन् ।

मन्त्रीले सन् २०२२ मा साउदी अरेबियाले श्रीलंकाका लागि ५४ हजार रोजगारीको प्रस्ताव गरेको र सन् २०२२ मा तीन लाखभन्दा बढी श्रीलंकालीहरू वैदेशिक रोजगारीका लागि गएको र त्यसमा पनि अधिकांश मध्यपूर्वमा गएको बताएका छ । श्रीलंकाका लागि वैदेशिक राजस्वको मुख्य स्रोत कामदारको रेमिट्यान्स हो ।

श्रीलंकाका आप्रवासी कामदारहरूले सन् २०२२ मा करिब ३.८ बिलियन अमेरिकी डलर पठाएको देशको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया