Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसन् २०२२ मा ईयूको रोजगारी दर ७५ प्रतिशत

सन् २०२२ मा ईयूको रोजगारी दर ७५ प्रतिशत


ब्रसेल्स । सन् २०२२ मा युरापेली संघ (ईयू) को २० देखि ६४ वर्ष उमेर समूहका ७५ प्रतिशत (१९ करोड ३५ लाख) युवाले रोजगारी पाएका ईयूले जनाएको छ ।

यो सन् २००९ मा रोजगारी दर रेकर्ड गर्न शुरू भए यताकै सबैभन्दा बढी हो । कोभिड–१९ महामारीका कारण सन् २०२० मा रोजगारीको दर ७२ प्रतिशतमा झरेको थियो । तर, सन् २०२१ मा यो दर ७३ प्रतिशतमा पुगेको र सन् २०२२ मा थप २ प्रतिशत विन्दुले वृद्धि भएको हो ।

ईयू देशहरूमध्ये, ११ मा रोजगार दर ७८ प्रतिशतभन्दा माथि रहेको बताइएको छ । सामाजिक अधिकारको युरोपेली स्तम्भको २०३० कार्य योजनामा निर्धारित तीन लक्ष्यहरूमध्ये एक, नेदरल्याण्ड्समा (८३ प्रतिशत), स्विडेन र इस्टोनियामा ( ८२ प्रतिशत) सहित उच्चतम अवस्थामा छ । ईयू सदस्य राष्ट्रमध्ये सबैभन्दा कम रोजगारी दर इटालीमा ६५ प्रतिशत, ग्रिसमा ६६ प्रतिशत र रोमानियामा ६९ प्रतिशत रहेको देखिएको छ ।

सन् २०२२ मा ईयूको अधिक योग्यता दर २२ प्रतिशत रहेको थियो, जसमा पुरुष २१ प्रतिशत र महिला २३ प्रतिशत थियो । ईयू मुलुकमध्ये स्पेनमा सबैभन्दा बढी (३६ प्रतिशत), ग्रीस र साइप्रस दुवैमा ३२ प्रतिशत अधिक योग्यता दर रहेको छ । अधिक योग्यता दर लक्जेम्बर्गमा ७ प्रतिशत, स्वीडेन, डेनमार्क, हङ्गेरी र चकोस्लोभाकिया हरेकमा १४ प्रतिशत अर्थात् सबैभन्दा कम अधिक योग्यता दर देखिएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया