Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनेपाल चलचित्र कलाकार संघको भवन शिलान्यास

नेपाल चलचित्र कलाकार संघको भवन शिलान्यास


काठमाडौं ।
नेपाल चलचित्र कलाकार संघको भवन चन्द्रागिरि नगरपालिकाको स्युचाटारस्थित खड्का गाउँको थानेटारमा शिलान्यास गरिएको छ । सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले भवनको शिलान्यास गरेका हुन् । कार्यक्रममा मन्त्री श्रेष्ठले कलाकार संघले पनि आफ्नै भवन निर्माण गर्न लागेकोमा खुसी व्यक्त गर्दै कलाकार राष्ट्रका गहना भएकोले उनीहरुको काममा सघाउनु सबैको दायित्व रहेको बताए ।

कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले सबैको सहयोगबाट संघको भवन शिलान्यास हुन सफल भएको बताए । उनले आगामी दिनमा पनि सबै पक्षको सहयोगको अपेक्षा रहेको भनाइ राखेका थिए । उनले भने, ‘कलाकार संघको ३३ वर्षको इतिहासमा चलचित्रकर्मीका लागि ऐतिहासिक र महत्वपूर्ण शुभ दिन बन्नपुगेको छ ।

पूर्वअध्यक्षहरु, कार्यसमितिका मित्रहरुलगायतको प्रयास र विशेष महत्वपूर्ण योगदान तथा भवन निर्माण कोष खडा गर्ने अध्यक्ष रामकेशर बोगटीलगायत कोष सहयोगी सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’ चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, वरिष्ठ हास्य अभिनेता हरिवंश आचार्य, कृष्ण मल्ल, रमेश बुढाथोकी, दिनेश डिसी, मदु कुमार श्रेष्ठ, शम्भु निरौला, कृष्ण ढुंगाना, चलचित्रकर्मी महासंघका अध्यक्ष खगेन्द्र राई, चलचित्र संघका अध्यक्ष मदुसुधन प्रधानलगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया