Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालभेटेरिनरी फर्मा अनुगमन : जनकपुरमा प्रतिबन्धित औषधि नियन्त्रण

भेटेरिनरी फर्मा अनुगमन : जनकपुरमा प्रतिबन्धित औषधि नियन्त्रण


जनकपुरधाम ।
जनकपुरधाममा रहेका भेटेरिनरी फर्माहरुले म्याद गुज्रेका तथा प्रतिबन्धित औषधिहरु बिक्री वितरण गर्ने गरेको पाइएको छ । घरपालुवा पशुपक्षीको उपचारका लागि खोलिएका भेटेरिनरी फर्माहरुको शुक्रबार गरिएको अनुगमनका क्रममा केही फर्माबाट म्याद गुज्रेका तथा बिक्रीका लागि प्रतिबन्धित भएका औषधिहरु भेटिएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाका पशु विकास अधिकृत तथा सूचना अधिकारी डा. जीवेन्द्र झाको अगुवाइमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च जनकपुरधाम नगर समितिको सहभागितामा भएको अनुगमनको क्रममा जनकपुरधामको भानुचोकमा रहेको जानकी भेट फर्माबाट केही म्याद गुज्रेका औषधि नियन्त्रणमा लिइएको डा. झाले बताए । आधा दर्जनभन्दा बढी पसलहरुमा गरिएको अनुगमनमा केही कमजोरीहरु देखिएको उनले बताए । नेपालमा प्रतिबन्धित औषधिहरु फेला परेकाले पहिलो पटकमा पसलेहरुलाई सुझाव दिएको र पछि पनि त्यस्ता प्रतिबन्धित सामान फेला परे कारबाही गर्ने उनको भनाइ थियो ।

अनुगमनका क्रममा नेपालमा अनुमति नभएको बेला माइलबी कम्पलेक्स औषधि भेटिएको थियो । उक्त औषधि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । यसैगरी जनकपुरधामको अन्य फर्माहरुहरुलाई म्याद गुज्रेका औषधिको भण्डारण गर्दा छुट्टै ठाउँमा राख्न, खोपहरु फ्रिजमा राख्दा तापक्रम मेन्टेन नभएको भए मेन्टेन गरेर राख्नका लागि निर्देशन दिइएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया