जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान

काठमाडौं ।
ठूला जलविद्युत् आयोजनाको निर्माण, सञ्चालन र मर्मतसम्भारका लागि आवश्यक जनशक्ति तयार गर्ने उद्देश्यका साथ स्थापना गरिएको जर्मन प्राविधिक शिक्षालयलाई जर्मनीको एक संस्थाले विभिन्न उपकरणहरु प्रदान गरेको छ । जर्मनीस्थित स्टेल्वा हाइड्रो कम्पनीले धादिङको धुनिवेंशी नगरपालिकामा स्थापना गरेको सो शिक्षालयलाई झण्डै ५० लाख रुपैयाँ मूल्य बराबरको अत्याधुनिक खालका टर्वाइन र अटोमेशन उपकरण प्रदान गरेको हो ।
शेषकान्त फाउण्डेसनद्वारा सञ्चालित सो शिक्षालयमा दक्ष प्राविधिकसम्बन्धी तालीम लिनेहरुका लागि ती उपकरणहरुबाट व्यावहारिक ज्ञान हासिल गर्न सहयोग पुग्ने सो कम्पनीका प्राविधिक निर्देशक पवन ढकालले बताए । विदेशमा सिकेको ज्ञान र पुँजी स्वदेशमै लगानी गर्ने उद्देश्यले आफू कार्यरत कम्पनीमार्फत सन् २०१५ देखि नै धादिङ जिल्लामा विभिन्न शैक्षिक क्रियाकलाप सञ्चालन गर्दै आएको उनको भनाइ छ । सो शिक्षालयबाट एक व्याच(समूह) उत्तीर्ण भैसकेका छन् भने कोभिड–१९ का कारण केही ढिलाइ भए पनि आगामी वैशाखदेखि अर्को समूहको तालीम सुरु गरिने फाउण्डेसनका अध्यक्ष विश्वश्वरप्रसाद ढकालले जानकारी दिए । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेपालमा व्यावसायिक शिक्षा प्रवर्द्धन गर्ने अभियानअन्तर्गत नेपाल स्वतन्त्र विद्युत् उत्पादक सङ्घ(इपान)सँगको सहकार्यमा तालिम सञ्चालन गरिने उनले बताए ।
जर्मनीस्थित फ्युचर फर नेपाल नामक संस्थामार्फत संकलित रकमबाट सो नगरपालिकाका विभिन्न तीन स्थानमा सौर्य खानेपानी आयोजना सम्पन्न भइसकेको सो संस्थाका निर्देशकसमेत रहेका ढकालले जानकारी दिए । उनका अनुसार चार करोड ६० लाखको लागतमा शिक्षालयमा ४० जना विद्यार्थी बस्न मिल्ने होस्टल र १८ कोठा भएको अलग्गै विद्यालय भवन निर्माण भएको छ भने नेपालमै सस्तो, किफायती र सुरक्षित प्रिफाइभ ढाँचाका घरहरु निर्माण गर्न आवश्यक उपकरण र दक्ष जनशक्ति तयार गर्न एक जर्मनी कम्पनीसँग सहकार्य गरिएको छ । यस्तै जर्मनीको युनिभर्सिटी अफ वाडेन वेटनवर्गसँग विद्यार्थी आदानप्रदान गर्नेसम्बन्धी सहमति पनि भएको उनले बताए ।
ताजा अपडेट
- खुम्चियो सेयर बजार
- मस्क फेरि पछि परे
- बोइङ ७७७ का केही इन्जिन अनुगमन गर्न एफएएको आदेश
- मार्च १ देखि भारतमा दोस्रो चरणको खोप अभियान
- हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक
- हरेक चारदेखि पाँच हप्तामा एप्पलले खरिद गर्छ कम्पनी
- पेट्रोलियम पदार्थको राजनीतीकरण एवं सुरक्षा
- समृद्धिका लागि युवाशक्तिको सही परिचालन
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया