Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकक्षा ११ र १२ मा गणित विषयलाई अनिवार्य

कक्षा ११ र १२ मा गणित विषयलाई अनिवार्य


काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ र १२ मा देखिएको विषयगत समस्या समाधान गरेको छ । पाठ्क्रम विकास परिषद्को बैठकले माध्यमिक तहमा गणित विषयको अध्ययनबाट विद्यार्थीले उच्च शिक्षामा प्राप्त गर्नसक्ने अवसरलाई दृष्टिगत गरी गणित विषयलाई अनिवार्य गरेको छ ।

सर्वोच्च अदालतको निर्देशात्मक आदेश र विगतमा गणित विषयको अध्ययन गर्न गठित कार्यदलको सिफारिस समेतका आधारमा उक्त व्यवस्था गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले परिषद्ले गरेको निर्णयमा बुधबार हस्ताक्षर गरेपछि नयाँ संरचनाअनुसार प्रारूप लागू भएको छ ।

निर्णयमा अनिवार्य विषयका रूपमा गणित विषय अध्ययन गर्ने विद्यार्थीले ऐच्छिक विषयका रूपमा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषय र अनिवार्य विषयका रूपमा सामाजिक अध्ययन तथा जीवनउपयोगी शिक्षा विषय अध्ययन गर्ने विद्यार्थीले ऐच्छिक विषयको रूपमा गणित विषय अध्ययन गर्नसक्ने व्यवस्था गरेको छ । निर्णयमा विषयगत प्रयोगात्मक पाठ्यघण्टा सम्बन्धित पाठ्यक्रमले निर्धारण गरेबमोजिम थप हुनसक्ने व्यवस्था गरेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया