काठमाडौं, पुस २४
सुरक्षित समाज र दिगो शान्ति निमार्ण गर्न, अपराधको प्रकृति र त्यसको नियन्त्रणको लागि स्थानीय नागरिकहरूले दिएको सुझाव अनुसार काठमाडौँ उपत्यकामा सुरक्षा योजना लागू गर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताए ।
महानगरीय प्रहरी वृत्त कीर्तिपुर, सामुदायिक प्रहरी सेवा केन्द्र, कीर्तिपुर र ट्याङ्लाफाटको सहकार्यमा बुधबार कीर्तिपुर नगरपालिकाको कृष्ण क्याटरिङ कीर्तिपुरमा आयोजना गरेको ‘सुरक्षा सुदृढीकरण तथा अपराध नियन्त्रणको लागि स्थानीय सरोकारवालाहरूसँग छलफल एंव अन्तरक्रिया’ कार्यक्रममा उठेका जिज्ञासाहरूको जवाफ दिँदै उनले समुदाय प्रहरी साझेदारी कार्यक्रमले विकास र सुरक्षामा चासो राख्ने आम नागरिकलाई एकै थलोमा उभ्याउन सफल भएको बताए । सार्वजनिक कार्यक्रममा उठेका जिज्ञासाहरूले भावि रणनीति तय गर्न सहज हुने भएकाले आफूले सोहीअनुसार स्थानीयहरूको सल्लाह सुझावलाई समेट्दै, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापनलगायत शान्तिसुरक्षासँग सम्बन्धित योजनाहरू लागू गर्ने बताए ।
सुरक्षा निकाय र नागरिकले हातेमालो गर्दै अगाडि बढेमा नेपाल सरकारले हाल सुरक्षामा गरिरहेको लगानी घटन जाने र त्यो लगानी विकास निर्माण कार्यमा लगाउन सकिने विश्वास व्यक्त गरे । आफ्ना आफ्नतबाट नै धेरै घटनाहरू घटेको स्मरण गराउँदै सुरक्षित समाज निर्माणको लागि सबैको सहयोग र सहकार्यको आवश्यकता पर्ने बताए । प्रहरी समुदाय साझेदारी कार्यक्रममार्फत नागरिकहरूसँग अझ नजिक हुने हुनाले कुनै घटनाको जानकारी तुरून्तै प्रहरीलाई दिन उनले आग्रह गरे । कार्यक्रमामा कीर्तिपुर नगरपालिकाका मेयर रमेशकुमार महर्जनले सुरक्षित समाज निर्माणको लागि नागरिक स्वयम् सचेत भएमा मात्र सम्भव हुने बताउँदै नगरपालिकाको तर्फबाट सुरक्षाको लागि बजेट छुट्याएको जानकारी दिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया