Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसशस्त्रका एआईजीको पदावधि थप

सशस्त्रका एआईजीको पदावधि थप


काठमाडौ ।
सरकारले सशस्त्र प्रहरी बलका दुई जना अतिरिक्त महानिरीक्षक (एआईजी)को पदावधि एक वर्षको लागी थप गरेको छ । सशस्त्र प्रहरी बलमा हाल पुष्पराम केसी र रामशरण पौडेल एआईजी छन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले दुबै जनाको म्याद थपेको हो । सशस्त्र प्रहरीमा एआईजी र नायव महानिरीक्षक (डीआईजी) को पदावधि चार/चार वर्ष रहेको छ । सशस्त्र प्रहरी नियमावली २०७२ को खण्ड ६४ को नियम २ को उपनियम १ मा भने एआईजी र डीआईजीको पदावधि एक वर्ष थप्न सकिने उल्लेख छ । सोही नियमअनुसार सरकारले उनीहरुको पदावधि एक वर्ष थप गरेको हो ।

सरकारले म्याद थप गरिएपछि एआईजी पुष्पराम केसीलाई आईजीपी बन्ने ढोका खुलेको छ । दुवै एआईजी वर्तमान आईजीपी शैलेन्द्र खनालका व्याची हुन् । एक वर्ष म्याद थप भएकाले अब केसीले खनालपछि थोरै समय सशस्त्रको आईजीपी बन्नेछन् । आईजीपी खनालको चार बर्से कार्यकाल आगामी २८ चैतमा सकिदै छ । त्यसपछि अर्काे वर्षको २० वैशाखसम्म केसी आईजीपी बन्नेछन् । सशस्त्रमा हाल एआईजीको दरबन्दी दुई ओटा मात्रै रहेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया