Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालदोलखामा पाँचौँ पटक निषेधाज्ञा थप

दोलखामा पाँचौँ पटक निषेधाज्ञा थप


दोलखा ।
दोस्रो लहरको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जिल्लामा फेरि एक साता निषेधाज्ञा थप गरिएको छ । सोमबार राति १२ बजेदेखि असार ७ गते राति १२ बजेसम्मको लागि पाचौँ पटक निषेधाज्ञा थप गरिएको हो ।

दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरले सक्रिय संक्रमितको संख्या उल्लेख्य रहेका कारण संक्रमणको रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा थप गरिएको बताए । असार ७ गतेसम्म गरी जिल्लामा ४८ दिन निषेधाज्ञा हुँदा तल्लो तहका नागरिक धेरै प्रभावित बनेका छन् ।

लगातार भएको निषेधाज्ञाका कारण किसानले उत्पादन गरेका तरकारी, फलफूल बारीमै कुहिन थालेका छन् । वैशाखमा दल राखेको खुर्सानीका बिरुवा हुर्केर बिक्री गर्ने बेला हुँदा पनि बन्दले बिक्री गर्न नसकिएको भीमेश्वर नगरपालिका किसानको दुखेसो छ ।

निषेधाज्ञाकै कारण बारीभरि लगाएको तरकारी बारीमै कुहिन थालेको भीमेश्वर मकैबारीका किसान पुष्कर बस्नेतले बताए । बस्नेत भन्छन्, ‘पहिला बिहान बजार खुल्थ्यो धेरथोर तरकारी बिक्री हुनेगरेको थियो तर अहिले बिहान ५ बजेदेखि नै बजार बन्द हुन्छ ।’ बिक्री हुने आसले डोकोभरी बजार लगेको तरकारी पनि फिर्ता ल्याउनुपरेको उनले बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया