Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमोटरसाइकल चोरी गर्ने ४० वर्षीय सन्तोष चालिसे पक्राउ

मोटरसाइकल चोरी गर्ने ४० वर्षीय सन्तोष चालिसे पक्राउ


काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोटरसाइकल चोरी गर्ने ४० वर्षीय सन्तोष चालिसेलाई मोटरसाइकल र स्कुटरसहित पक्राउ गरेको छ । हराएका मोटरसाइकलहरू चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन, निगरानी एवं खोजतलास गर्न सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले उनलाई बुधबार पक्राउ गरेको हो ।

काठमाडौँ महानगरपालिका वडा नं. ७ चावहील सडकखण्डबाट वास्तविक नम्बर परिवर्तन गरी बा ४४ प ४७५९ नम्बरको कालो रातो प्लेजर स्कुटर चलाइरहेको अवस्थामा काठमाडौंको चुच्चेपाटीमा बस्दै आएका चालिसेलाई स्कुटरसहित नियन्त्रणमा लिएको कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरीले जानकारी दिइन् । उक्त स्कुटरको वास्तविक नम्बर बा ४३ प ५४७७ रहेको खुल्न आएको छ । उक्त पक्राउ भएको स्कुटर चावहिलस्थित हेल्पिङह्यान्डस अस्पताल नजिकबाट हराएको भनी रन्जिता महर्जनले कार्यालयमा निवेदन दिएकी थिइन् । त्यसैगरी थप अनुसन्धानको सिलसिलामा सोधपुछ गर्दा चालिसेले काठमाडौं गोकर्णेश्वर नगरपालिका वडां नं. ४ गोकर्णस्थित सडक छेउमा लुकाएर राखेको बा ६५ प १२५८ नम्बरको स्प्लेन्डर मोटरसाइकल समेत फेला पारेको छ ।

उक्त पक्राउ भएको मोटरसाइकल चावहिल केएल टावरबाट बिबेक महर्जनको मोटरसाइकल हराएको खुल्न आएको प्रहरीले जनाएको छ । पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकल र स्कुरटलाई चोरी मुद्दा अनुसन्धान कारबाहीका लागी प्रहरी वृत्त गौशाला पठाएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पछिल्लो समय उपत्यकाको विभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाइकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निगरानी राखी विशेष कारबाही अभियान ट्राफिक कार्यालयले चलाइरहेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया