Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालहेरल्ड कलेज काठमाडौंबाट चार सय ८१ विद्यार्थी दीक्षित

हेरल्ड कलेज काठमाडौंबाट चार सय ८१ विद्यार्थी दीक्षित


काठमाडौं । हेरल्ड कलेज काठमाडौंको दोस्रो दीक्षान्त समारोह सम्पन्न भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच उक्त समारोह सम्पन्न भएको हो ।

समारोहबाट सन् २०१९/०२० मा स्नातक तह उत्तीर्ण बीएससी हन्स कम्प्युटर साइन्सका एक सय ६०, बीएससी हन्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टका २६ र सन् २०२०/२१ मा स्नातक तह उत्तीर्ण बीएससी हन्स कम्प्युटर साइन्सका २४९ र बीएससी हन्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टका ४६ गरी चार सय ८१ जना विद्यार्थीहरू दीक्षित भएका छन् ।

कोभिड महामारीका कारण सरकारले तय गरेका विभिन्न स्वास्थ्य प्रोटोकलहरू पालना गर्नुपर्ने भएकाले उक्त समारोह दुई वर्षपछि भएको हो । आईएनजी ग्रुपअन्तर्गत पर्ने हेरल्ड कलेज बेलायतको प्रतिष्ठित विश्वविद्यालय युनिभर्सिटी अफ वुल्भरह्याम्पटन, युकेबाट सम्बन्धन प्राप्त कलेज हो । दीक्षान्त समारोहमा युनिभर्सिटी अफ वुल्भरह्याम्पटन विश्वविद्यालयका प्रोभाइस चान्सलर टिम स्टिलले दीक्षित विद्यार्थीलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

नेपालमा सन् २०१७ देखि सञ्चालन हुँदै आएको उक्त कलेजमा अहिले स्नातक तहमा ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी, ब्याचलर इन इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट र स्नातकोत्तर तहमा इन्टरनेशनल मास्टर्स अफ बिजनेस म्यानेजमेन्ट विषय पढाइ हुँदै आएको छ । कलेजले विद्यार्थीको एटिच्युड, एकेडेमिक्स र एटेन्डेन्स अर्थात् ट्रिपल एका आधारमा कलेजमा भर्ना भएका १० प्रतिशत विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

हाल आईएनजी ग्रुपअन्तर्गत काठमाडौँमा इस्लिङ्टन कलेज, हेरल्ड कलेज काठमाडौँ, पोखरामा इन्फरम्याटिक्स कलेज पोखरा, विराटनगरमा विराटनगर इन्टरनेसनल कलेज र इटहरीमा इटहरी इन्टरनेशनल कलेज सञ्चालनमा छन् । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया