Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालबिजबजारको बिक्रेता बैठक

बिजबजारको बिक्रेता बैठक


काठमाडौं । ई–कमर्स प्लेटफर्म बिजबजारको बिक्रेता बैठक सम्पन्न भएको छ । बिजबजारले गत बुधबार त्रिपुरेश्वरस्थित वगेनभिल्ला इभेन्ट्समा भेन्डर मिट कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा बिजबजारका आगामी योजना तथा नेपालमा इकमर्सको आवश्यकता, चुनौती तथा अवसरहरूबारे विस्तृत छलफल भएको कम्पनीले जनाएको छ ।

उक्त कार्यक्रममा विभिन्न विधाका करिब दुई सय जना बिक्रेताहरूको सक्रिय सहभागिता रहेको थियो । समग्र कम्पनी समूहका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले अहिलेसम्मको बिजबजारको व्यापारिक अनुभव तथा कम्पनीका आगामी योजनाहरू बिक्रेताहरू माझ राख्दै बिक्रेताहरू र ई–कमर्स प्लेटफर्म बिचको सम्बन्ध तथा सहकार्यको महत्व र त्यसबाट समग्र अर्थतन्त्रलाई पुग्नसक्ने टेवाका बारेमा जानकारी दिएका थिए ।

बिजबजारले प्रत्येक बिक्रेता, व्यवसायी तथा उद्यमीहरूको छरिएका प्रत्येक व्यवसाय र सेवाहरूलाई एउटै प्लेटफर्ममा एकीकृत गरी आफ्नो पहुँच र उद्देश्यहरू विस्तार गर्दै डिजिटल र स्वतन्त्र रूपमा काम गर्न आवश्यक साथ, सहयोग र सेवाहरू प्रदान गर्दै आएको छ । कार्यक्रमका सहभागीले बिजबजारले बिक्रेतालाई प्रदान गरेको मार्केट प्लेस तथा सेवाहरूले आफ्नो व्यापारका लागि थप अवसर प्रदान गरेको जसले व्यापार विस्तारमा उल्लेख्य योगदान पु¥याउने जनाएका थिए ।

साथै ६० जिल्लामा आफ्नो सञ्जाल फैलाएको बिजबजारसँग सहकार्य गर्दा स्वतः आफ्नो व्यापारको दायरा पनि बढ्ने कुरामा विश्वस्त भएको जानकारी दिएका थिए । आरकेडी समूहले नेपाली बजारलाई डिजिटाइज गर्ने उद्देश्यका साथ सहायक कम्पनी बिजबजार लि. लाई पब्लिक कम्पनीको रूपमा स्थापना गरेको हो ।


क्याटेगोरी : नेपाल


तपाईको प्रतिक्रिया