सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका १ नेलेका अग्निपीडित परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । अग्निपीडित सहयोग समितिमार्फत विभिन्न सहयोगी व्यक्तिहरुबाट सङ्कलन भएको ५८ लाख १० हजार तीन सय १५ रुपैयाँ रकम शुक्रबार एक कार्यक्रमका बीच पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।
उक्त सहयोग रकम अग्नि आगलागीबाट पूर्णरुपमा घर गुमाएका गणेश बस्नेतलाई १२ लाख ८७ हजार, कल्पना बस्नेतलाई ११ लाख ६७ हजार, वुद्विबहादुर कार्कीलाई ११ लाख २२ हजार, रमेश बस्नेतलाई १० लाख २४ हजार र आंशिक क्षति भएका प्रणय राईलाई ५ लाख ४९ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । यस्तै भाडामा बसेका मिङ्मार तामाङलाई दुई लाख ७१ हजार, मोहन भुजेललाई एक लाख ३० हजार, बुद्धि बहादुर केसीलाई ७६ हजार, सुरेन्द्र कार्कीलाई ४० हजार, हेमन्त बस्नेतलाई २० हजार, भिम कुमारी बस्नेतलाई २९ हजार, बिक्रम बस्नेतलाई १३ हजार र ङ्वाङ गिर्मी शेर्पालाई १६ हजार रुपैयाँ हस्तान्तरण गरिएको वडाध्यक्ष एवं सहयोग सङ्कलन समितिका अध्यक्ष घनराज सुनुवारले जानकारी दिए ।
समितिको कोषमा देश तथा विदेशबाट सङ्कलित रकम क्षतिको आधारमा विभाजन गरी हस्तान्तरण गरिएसँगै सहयोग सङ्कलन कार्य समेत सकिएको अध्यक्ष सुनुवारको भनाइ छ । गत पुस ५ गते मंगलबार दिउँसो करिब ४ बजे वडा नम्बर १ को साप्ताहिक हाट नेले बजारमा भएको आगलागीमा चार घर पूर्णरुपमा नष्ट भएको थियो भने अन्य केही अन्य घरहरुमा समेत आंशिक क्षति भएको थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- महालेखाको प्राविधिक परीक्षण स्वागतयोग्य
- इको प्यानलद्वारा मजदुरको स्वास्थ्य परीक्षण
- ‘समिट वुमन अफ द इयर’ सम्पन्न
- फाप्लुको जंगलबीचमा बनेको वृद्धाश्रमको भवन अलपत्र
- पर्यटन प्रवर्द्धनको लागि हनुमन्ते डाँडामा मेला
- जनसचेतन साकोसको आयोजनामा रक्तदान
- स्वावलम्बनको वित्तीय साक्षरता
- अर्थतन्त्र सुधार्ने जिम्मा डा. महतलाई
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया