Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशसोलुमा तामाको डालीको खपत बढ्यो

सोलुमा तामाको डालीको खपत बढ्यो


सोलुखुम्बु । नेपालीहरुको महान् चाड बडादशैँ तथा चेली र माइतीबीच सद्भावको चाड तिहार नजिकिएसँगै सोलुखुम्बुमा तामाका डालीको व्यापार दोब्बरले बढेको छ । दशैँमा टीका लगाइदिएपछि चेलीबेटीहरुलाई आफन्तजनहरुले तामाको डाली उपहार दिने चलन रहेको छ ।

दशैँतिहारमा माइतीले चेलीलाई उपहार दिन तामाबाट बनेको डाली खरीद गर्नेको संख्या बढेको व्यापारीहरुले बताएका छन् । तिहारमा भाइटीकापछि माइतीले चेलीलाई उपहारस्वरुप तामाको डाली दिने चलन बढेसँगै व्यापारमा वृद्धि भएको सल्लेरीका सुब्बे विश्वककर्माले बताए । सोहीअनुसार जिल्ला सदरमुकामस्थित नयाँबजार, नेलेबजार, पत्तालेबजार, नेचाबिहीबारेलगायतका साप्ताहिक हाटहरुमा डाली खरिद गर्नेहरु बढेको व्यापारीहरु बताउँछन् । केही दिनयता सल्लेरी बजार क्षेत्रका तामाका पसलहरुमा क्रेताको आर्कषण बढेको छ ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया