Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसोलुखुम्बुमा तामाको भाँडाको व्यापार बढ्यो

सोलुखुम्बुमा तामाको भाँडाको व्यापार बढ्यो


सोलुखुम्बु । जिल्लामा तामाबाट बनेका भाँडाको माग बढ्न थालेको छ । बिहेको सिजन मंसिर लागेसँगै जिल्लामा तामाबाट बनेका भाँडाहरुको व्यापार बढ्न थालेको व्यवसायीहरुले बताएका छन् ।

विगतमा फाट्टफुट्ट मात्रै व्यापार हुने तामाको भाँडा पसलहरुमा समेत मंसिर लागेसँगै बिक्रिदर बढेको सल्लेरीका व्यापारी सुब्बे विश्वकर्माले बताए । करिब एक महिना अघि सम्म प्राय ठप्प नै बनेको तामाको व्यापार तिहारपछि भने क्रमिक बढ्न थालेको उनको भनाई छ । मंसिर लागेसँगै ९० प्रतिशत भन्दा बढीले व्यापार बढेको अर्का व्यापारी प्रेम कुमार विश्वकर्माले बताए ।

विहेको सिजनमा विशेषगरी तामाबाट बन्ने खड्कुलो, झ्यागा, डाली, आम्कोरा लगायतका भाँडाहरुको खपत बढी हुने व्यापारी रमण बहादुर विश्वकर्माले बताए । व्यापार बढेसँगै माग अनुसारको सामाग्री उपलब्ध गराउन मुस्किल पर्ने उनको भनाई छ । काठमाडौँबाटै तामाको पाताको मुल्य बढेर आउँदा मुल्य समायोजनमा भने चुनौती रहेको व्यापारी रिता घतानीको भनाई छ ।

जिल्लाको सल्लेरी, साप्ताहिक हाट नयाँ बजार, नेले बजार, पत्ताले बजार लगायतका बजारहरुमा तामाको भाँडा बिक्री हुने गरेको छ । हिन्दु संस्कार अनुसार छोरीचेलीको बिहेमा आफन्तले तामाबाट बनेका भाँडाहरु उपहार स्वरुप प्रदान गर्ने प्रचल छ । पछिल्लो समय साथीसंगिहरुले पनि विहेमा उपहारको रुपमा तामाबाट बनेका डालीहरु दिने चलन बढ्दै गएको छ ।


क्याटेगोरी : बिबिध, समाचार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया