Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमङ्सिर २३ गते परराष्ट्रमन्त्री साउद कतार जाँदै

मङ्सिर २३ गते परराष्ट्रमन्त्री साउद कतार जाँदै


काठमाडौँ । इजरायलमा विद्रोही हमासको कब्जामा रहेका नेपाली नागरिक विपीन जोशीको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन् । उनी यही मङ्सीर २३ गते कतार जान लागेको उनको सचिवालयले जनाएको छ ।

यसअघि परराष्ट्रमन्त्री साउदले मङ्सिर ८ गते कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । कतारका विदेश राज्यमन्त्रीले जवाफमा जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए ।

त्यसअघि मङ्सिर ७ गते (बिहीबार) उनले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए । बुधबार गृहजिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा परराष्ट्रमन्त्री साउदले विपीन जोशीका बुवा आमासँग पनि भेट गरेका छन् । उनको सचिवालयले कतार बसाइँका क्रममा उनी दोहा २१औँ फोरममा पनि सहभागी हुने जनाएको छ । डिसेम्बर १० देखि सुरु हुने कार्यक्रम दुई दिनसम्म चल्ने छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया