Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविद्युुत् बक्यौता नतिर्न उद्योगीले बनाए राजनीतिक नेतृत्वलाई खुसी बनाउने समिति

विद्युुत् बक्यौता नतिर्न उद्योगीले बनाए राजनीतिक नेतृत्वलाई खुसी बनाउने समिति


विराटनगर । नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएर विद्युत् महसुल नतिर्ने उद्योगीहरूले राजनीतिक नेतृत्वलाई खुुसी बनाउने समिति बनाएका छन् । उनीहरूले उद्योगी पशुपति मुरारकाको संंयोजकत्वमा समिति बनाएका हुन् ।

प्राधिकरणले विद्युत् महसुल नतिर्ने उद्योगको धमाधम लाइन काट्न थालेपछि उद्योगीहरूले राजनीतिक दलका प्रमुखहरूसँग डिल गरेर सो रकम नतिर्ने प्रपञ्च रच्न थालेका छन् । प्राधिकरणका महानिर्देशक कुलमान घिसिङले अदालत, अख्तियार र अन्य कुनै पनि निकायबाट आएका आदेश र निर्देशनले गर्दा डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत लिएकाहरूसँग महसुल उठाउनुको विकल्प नरहेको स्पष्ट पार्दै आएका छन् । यता उद्योगीहरू भने राजनीतिक दलका प्रमुखलाई बरु निश्चत रकम दिएर विद्युत् महसुल नतिर्ने पक्षमा रहेको बताइएको छ । सोही कार्यका लागि उनीहरूले मुरारकालाई तैनाथ गरेको पाइएको हो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका मुुरारकाको संयोजकत्वमा बनाइएको वार्ता समितिमा उद्योगीहरू पवन गोल्यान, साहिल अग्रवाल र शशिकान्त अग्रवाल रहेका छन् ।

प्राधिकरणले भने उद्योगहरूले सर्वसाधारण जनताले लोडसेडिङमा रहेको बेला डेडिकेटेड र ट्रंक लाइनको माध्यमबाट दिनमा २४ घण्टा विद्युत् उपभोग गरेकाले सो विद्युत्को महसुल सबै उद्योगले तिर्नैपर्ने अडान लिँदै आएको छ । उद्योगीहरू भने अब राजनीतिक वृत्तलाई खुसी बनाएर भए पनि उक्त विद्युत् महसुल नतिर्ने अडानमा लागेका छन् । मुरारका नेतृत्वको उद्योगी समूहले दुई अर्ब रुपैयाँ राजनीतिक वृत्त बुझाएर प्राधिकरणलाई भने महसुल नतिर्नेसम्मको तयारी गरेको स्रोतको दाबी छ । यसका लागि उनीहरूले रकम समेत संकलन गर्न थालेको बताइएको छ ।

विद्युत् प्राधिकरणले विद्यु्त् सबस्टेसनबाट सिधै उद्योगमा पठाएको डेडिकेटेड लाइन र एउटा सबस्टेसनबाट अर्को सबस्टेसन जाने लाइनको बीचबाट उद्योगलाई दिइएको ट्रंक लाइनको विद्युत् उपभोगको महसुल तिराउनका लागि २०७६ सालमा नै व्यापक प्रयास गरेको थियो । त्यतिबेला काठमाडौंलगायतका सहरका अस्पताललगायतका क्षेत्रमा पनि लोडसेडिङको अवस्थामा राख्दा उद्योगलाई डेडिकेटेड र ट्रंक लाइनमार्फत् विद्यु्त् दिइएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 9

तपाईको प्रतिक्रिया