Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअदालतमा अभियुक्त बम्जनविरुद्ध सुनुवाइ सुरु

अदालतमा अभियुक्त बम्जनविरुद्ध सुनुवाइ सुरु


मलङ्गवा (सर्लाही) । जिल्ला अदालत, सर्लाहीबाट पक्राउ पुर्जी जारी भएकाले हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीसमक्ष प्रस्तुत गरिएको छ । उक्त अदालतमा न्यायाधीश विष्णु रेग्मीको इजलासमा उनीविरुद्ध मुद्दाको सुनुवाइ सुरु भएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।

२०७६ साल माघ २३ गते बम्जनलाई हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । बम्जनलाई मङ्गलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया