Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारललितपुरमा दुई नाबालकसहित एकै परिवारका तीन जनाको मृत्यु

ललितपुरमा दुई नाबालकसहित एकै परिवारका तीन जनाको मृत्यु


ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–३ मा शनिबार अपराह्न एकै परिवारका दुई नाबालकसहित तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार इमाडोलको ओचुहाइटकी रविना महर्जन र उनका एक ६ वर्षीय छोरा र दुई वर्षकी छोरीको मृत्यु भएको हो ।

रविनाले तीन तलाबाट हाम फालेको बताइएको छ । शनिबार उपचारको क्रममा उनको ललितपुरकै किस्ट अस्पतालमा मृत्यु भएको हो । यस्तै घरकै कोठामा उनका छोरा र छोरी अचेत अवस्थामा भेटिएका थिए । उनीहरूलाई पनि अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । रविनाले आत्महत्या गरेको घटनाको प्रकृतिले देखिएपनि दुई सन्तानको मृत्युको कारण खुल्न सकेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।


क्याटेगोरी : समाचार, सुरक्षा अपराध

तपाईको प्रतिक्रिया