Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्रपति पौडेलद्वारा गायिका पौडेल सम्मानित

राष्ट्रपति पौडेलद्वारा गायिका पौडेल सम्मानित


काठमाडौं । इण्डियन आइडलको उत्कृष्ट दश (टप टेन)मा पुग्न सफल भएकी नेपाली चेली गायिका मेनुका पौडेललाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान गरेका छन् । सोमबार शीतल निवासमा एक समारोहबिच राष्ट्रपति पौडेलले मेनुकालाई सम्मान गरेका हुन् ।

मेनुकाको परिश्रम, मिहिनेत र योग्यताले सबै नेपालीको शिर उँचो बनाएको बताउँदै राष्ट्रपति पौडेलले मिहिनेत र अभ्यासले मानिसलाई सफल बनाउने उल्लेख गर्दै मेनुकाको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया