Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवैवाहिक कार्यक्रमका लागि हिँडेको स्कार्पियो दुर्घटना

वैवाहिक कार्यक्रमका लागि हिँडेको स्कार्पियो दुर्घटना


अर्घाखाँची । जिल्लाको पाणिनी गाउँपालिका–७ अड्गुरीमा शुक्रबार दिउँसो घुम्टी दुर्गाफाँट सडक खण्डको भञ्ज्याङ्नजिक बा १५ च २३५३ नम्बरको स्कार्पियो दुर्घटना भएको छ । प्रहरीले स्कार्पियोमा सवार रहेका ७ जना यात्रुहरु सकुशल रहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक विक्रम रिजालले गाडीमा सवार सबैको अवस्था सामान्य रहेको जानकारी दिएका छन् । दुर्घटनामा कुनै मानवीय क्षति नभएर स्कार्पियोमा क्षति भएको प्रहरीले जनाएको छ ।

वैवाहिक कार्यक्रमका लागि कपिलवस्तुदेखि अर्घाखाँचीको दुर्गाफाँटसम्म हिँडेको स्कार्पियो ब्रेक फेल भइ दुर्घटना भएको चालकको भनाइ छ । गाडीमा चालकसहित ७ जना मात्र सवार थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

ताजा अपडेट