Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकाआर्थिककर्मी बस्नेत सम्मानित

आर्थिककर्मी बस्नेत सम्मानित


दोलखा । बैतेश्वर गाउँपालिकाको शिक्षा तथा खेलकुद विकास समितिले आर्थिक दैनिकका दोलखाका संवाददाता सुवास बस्नेतलाई सम्मान गरेको छ । बैतेश्वर गाउँपालिकाको आयोजनामा भएको दोस्रो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको सोमबार समापन कार्यक्रममा बस्नेतलाई सम्मान गरिएको हो ।

समितिले समाचार सम्प्रेषण तथा प्रचारप्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले बस्नेतलाई सम्मान गरिएको जनाएको छ । पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य शंकर भण्डारीले बस्नेतलाई सम्मान पत्र प्रदान गरेका थिए । शनिबारदेखि सुरु भएको बैतेश्वर गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको सोमबार समापन गरिएको हो । प्रतियोगिताको उपाधि जिरी नगरपालिकाले जितेको छ । जिरीले मेलुङ गाउँपालिकालाई हराउँदै उपाधि जितेको हो ।

उपाधि विजेता जिरीले नगद एक लाख ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता मेलुङले एक लाख नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी तृतीय भएको कालिञ्चोक गाउँपालिकाले ६७ हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र पाएको छ । गौरीशंकर गाउँपालिकाले सान्त्वना स्थान हासिल गर्दै नगद २७ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । विजेता टिमलाई सांसद भण्डारीले पुरस्कार प्रदान गरेका थिए ।


क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया