Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारके सहकारी प्रकरणमा गृहमन्त्रीमाथि प्रहरीले अनुसन्धान नगरेको हो?

के सहकारी प्रकरणमा गृहमन्त्रीमाथि प्रहरीले अनुसन्धान नगरेको हो?


काठमाडौं,सहकारी ठगी प्रकरणमा पटक पटक नाम मुछिए पनि गृहमन्त्री रवि लामिछानेमाथि प्रभावकारी अनुसन्धान नभएको आरोपमाझ नेपाल प्रहरीले उनीमाथिको अनुसन्धान नरोकिएको बताएको छ।

प्रहरी नायब महानिरीक्षक एवं प्रवक्ता भीमप्रसाद ढकालले गृहमन्त्री भएकै कारण कसैमाथिको अनुसन्धान प्रभावित नहुने दाबी गरे।

प्रतिपक्षी दलहरूले सहकारीमा सर्वसाधारणको बचत अपचलनमा आरोपित व्यक्ति नै गृहमन्त्री बनेपछि उनीमाथि प्रभावकारी अनुसन्धान नभएको दाबी गर्दै आएका छन्। तर लामिछानेले भने आफूमाथि रहेका आरोप गलत भएको भन्दै त्यसबारे आएका समाचारलाई ‘भ्रम’ भनेका छन्।नैतिक प्रश्न हो
रवि लामिछाने सहकारी प्रकरणमा आरोपित भएपछि भइरहेका बहसबारे यसअघि ट्विटर भनिने सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै नेपाल प्रहरीका अवकाशप्राप्त अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदीले यसअघि आफू आबद्ध सङ्गठनमाथि व्यङ्ग गरेका छन्।उनले कानुनी शासन नभएर आफू अनुकूल नियम बनाएर गरिने शासन हाबी भएको दाबी गरेका छन्।

“यो राजनीतिक प्रश्न पनि हो, नैतिक र अनुसन्धानमाथिकै प्रश्न पनि हो,” उनले बीबीसीको जिज्ञासामा भने।उनले सहकारी ठगीबारेको अनुसन्धानलाई राजनीतिक विषय बनाउँदा यसले आफ्नो बाटो लिन नसकेको बताए।

“राजनीतिजस्तो सार्वजनिक पदमा आसीन व्यक्तिलाई अझ उच्च नैतिकता आवश्यक पर्छ। राजनीतिमा भएकाले नैतिक जिम्मेवारी लिन नपर्ने भन्ने हुँदैन। कुनै कुरा नैतिकतासँग जोडिन्छ भने त्यो थप महत्त्वपूर्ण हुन्छ।”

अनुसन्धानबारे प्रहरी के भन्छयसअघि संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरूलाई जबाफ दिने क्रममा नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले आफूहरूसँग भएको तथ्य प्रमाणले लामिछानेको संलग्नता नदेखिएको बताएका थिए।

बुधवार बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले गृहमन्त्री भएकै कारण लामिछानेलाई प्रहरीले अनुसन्धानबाट बाहिर नराख्ने दाबी गरे।

“जति पनि मुद्दाहरू आएका छन् त्यसबारे हाम्रा अनुसन्धानकर्मीहरूले राम्रोसँग अनुसन्धान गरिरहेका छन्। कानुनले प्रहरीलाई अनुसन्धानको अधिकार दिएको छ र यो मात्रै नभएर सबै मुद्दामा अनुसन्धान गरिरहेको छ,” सहकारी ठगीबारे प्रहरीले अनुसन्धान गरिरहेको दाबी गर्दै उनले भने।

उनले सहकारी ठगीसम्बन्धी कतिपय उजुरीहरूमा अनुसन्धान सकिएर अभियोजनकर्तालाई बुझाइएको र अन्य कतिपयमा अनुसन्धान भइरहेको बताए।यस आर्थिक वर्षमा गत सातासम्म ७२ वटा मुद्दा दायर भएको र १२० जनालाई आफूहरूले पक्राउ गरेको प्रहरीले जनाएको छ। हालसम्म ६६ वटा संस्था अनुसन्धानमा तानिएका छन्।

अघिल्लो वर्ष सहकारी ठगी सम्बन्धी ८९ वटा उजुरी प्रहरीमा दर्ता भएकोमा १९३ जनालाई पक्राउ गरिएको र ७७ वटा संस्थामाथि छानबिन गरिएको प्रहरीले जनाएको छ।

यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सहकारी ठगीबारे अनुसन्धान सुरु गरेको थियो।

यसैसाता रुपन्देही प्रहरीले सरकारी वकिलको कार्यालयलाई बुझाएको प्रतिवेदनमा लामिछानेको नाममा पनि सहकारीबाट ऋण लिएको पाइएको विवरण सार्वजनिक भएका थिए।राष्ट्रिय स्वतन्त्र पार्टीका नेता के भन्छन्राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले रवि लामिछानेमाथिको अनुसन्धानको माग व्यक्तिगत आरोप र राजनीतिक षड्यन्त्रबाट प्रेरित भएको बताए।

“यसअघिकै सरकारले उहाँमाथि अनुसन्धान गरेको हो नि। अनुसन्धानले केही पनि नदेखिएको कुरा स्वयम् प्रधानमन्त्रीले संसद्‌को रोस्टममा उभिएर बताइसक्नुभएको छ,” उनले भने।

“सबैलाई चुनौती दिने पार्टी बन्यो भनेर उहाँमाथि व्यक्तिगत आरोप लगाइएको हो। आरोपहरू यथार्थ र तथ्यसङ्गत भए पो त्यसमा अनुसन्धान हुने हो।”यसअघि मङ्गलवार आफ्नो सामाजिक सञ्जालमा लामिछानेले आफूलाई अनुसन्धानबाट अलग राखिएको विषयमा आएका समाचारलाई ‘भ्रम’को संज्ञा दिएका थिए।

उनले ग्यालेक्सी टेलिभिजनमा कुनै समय आफ्ना साझेदार रहेका जीबी राईका सबै “बदमासीको ठेक्का मैले लिनु पर्ने हो?” भनेर प्रश्न गरेका छन्।

“म जीबी राईले ल्याएको लगानीको आम्दानीको श्रोत हेर्ने अधिकारी थिएँ कि, ऋण माग कर्ता थिएँ कि, ऋण दिने सहकारीको आधिकारिक व्यक्ति थिएँ?” लामिछानेले भनेका छन्।

लामिछानेमाथिको आरोप के हो?राजनीतिमा प्रवेश गर्नु पूर्व टेलिभिजनकर्मी रहेका लामिछानेले ग्यालेक्सी टेलिभिजन चलाउने क्रममा सहकारीको रकम गैरकानुनी रूपमा प्रयोग गरेको आरोप लागेको छ।

ग्यालेक्सी टिभीका सञ्चालकले गैरकानुनी रूपमा सहकारीबाट लगानी गरेका विवरण पनि विभिन्न समाचारहरूमा जनाइने गरेको छ।

विशेषगरी पोखराको सूर्यदर्शन सहकारी र बुटवलको सुप्रिम सहकारीबाट करोडौँ रकम ग्यालेक्सी टेलिभिजनको सञ्चालक गोर्खा मिडिया नेटवर्कमा गैरकानुनी रूपमा लगानी भएको आरोप लाग्दै आएको छ।उक्त टेलिभिजनमा प्रबन्ध निर्देशक समेत रहेका लामिछानेले आफूले ‘गोल्डन शेअर’ लिएको यसअघि स्वीकार गरेका थिए।

यसअघि लामिछानेकै नाममा ऋण जारी भएका समाचारहरू आए पनि उनले आफ्नो नाम अरू कसैले राखिदिएको हुनसक्ने र त्यो ऋण आफूले नलिएको दाबी गर्दै आएका छन्।(बीबीसी)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया