Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘पश्मिना उद्योगको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध’

‘पश्मिना उद्योगको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध’


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पश्मिना उद्योगको उत्पादन र निर्यात प्रवर्द्धनका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने बताएका छन् । पश्मिना फाइबर प्रशोधनसम्बन्धी तालिमका सहभागीलाई ललितपुरमा प्रमाणपत्र वितरण गर्दै उनले पश्मिना उद्योगका क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको समेत बताए ।

नेपालबाट निर्यात हुने महत्वपूर्ण उत्पादनमध्ये च्याङ्ग्राको भुवाबाट बन्ने पश्मिना पनि रहेकाले यस क्षेत्रका लागि आवश्यक पूर्वाधार निर्माण र अन्य क्षमता विकासका कार्यमा सहयोग गर्न सरकार तयार रहेको उनको भनाइ थियो । यस्तै उनले फाइबर प्रशोधन केन्द्रको निरीक्षण गरी पश्मिना फाइबर प्रशोधनको प्रक्रियाबारे जानकारी लिएका थिए । पश्मिना व्यवसायी र च्याङ्ग्रा किसानको संयुक्त लगानीमा ललितपुरको हरिसिद्धिमा निर्माण भएको पश्मिना प्रशोधन केन्द्रले किसानबाट च्याङ्ग्राका भुवा संकलन र प्रशोधन गरी पश्मिना उद्योगलाई आपूर्ति गर्दै आएको छ । पश्मिना फाइबर प्रशोधनसम्बन्धी सीप सिकाउने उद्देश्यले ललितपुर तथा काठमाडौंका स्थानीय महिलालाई उत्पादन तालिम दिएको हो । १० दिनसम्म सञ्चालन भएको तालिममा २० जना सहभागी थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया