Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकतारका अमिरको आश्वासन: नेपाली श्रमिकलाई ‘राम्रो सुविधा’ हुने क्षेत्रमा रोजगारी

कतारका अमिरको आश्वासन: नेपाली श्रमिकलाई ‘राम्रो सुविधा’ हुने क्षेत्रमा रोजगारी


काठमाडौं,नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँगको भेटवार्तामा आफ्नो मुलुकका आकर्षक क्षेत्रहरूमा नेपाली कामदार लैजान योजना बनाएको धारणा राखेको अधिकारीहरूले जनाएका छन्।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार उक्त भेटवार्तामा राष्ट्रपति पौडेलले हमासले इजरेलबाट बन्धक बनाएका नेपाली नागरिक विपिन जोशीको रिहाइका लागि पहल गरिदिन अमिरलाई अनुरोध गरे।

कतारका अमिर र नेपालका राष्ट्रपतिबीचको भेटवार्तामा जलवायु परिवर्तन र नेपालमा कतारले गर्नसक्ने सम्भावित लगानीबारे पनि छलफल भएको छ।यसअघि राष्ट्रपति पौडेलले कतारका अमिरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँगको भेटवार्तामा आफ्नो मुलुकका आकर्षक क्षेत्रहरूमा नेपाली कामदार लैजान योजना बनाएको धारणा राखेको अधिकारीहरूले जनाएका छन्।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार उक्त भेटवार्तामा राष्ट्रपति पौडेलले हमासले इजरेलबाट बन्धक बनाएका नेपाली नागरिक विपिन जोशीको रिहाइका लागि पहल गरिदिन अमिरलाई अनुरोध गरे।

कतारका अमिर र नेपालका राष्ट्रपतिबीचको भेटवार्तामा जलवायु परिवर्तन र नेपालमा कतारले गर्नसक्ने सम्भावित लगानीबारे पनि छलफल भएको छ।

यसअघि राष्ट्रपति पौडेलले कतारका अमिरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँगको भेटवार्तामा आफ्नो मुलुकका आकर्षक क्षेत्रहरूमा नेपाली कामदार लैजान योजना बनाएको धारणा राखेको अधिकारीहरूले जनाएका छन्।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार उक्त भेटवार्तामा राष्ट्रपति पौडेलले हमासले इजरेलबाट बन्धक बनाएका नेपाली नागरिक विपिन जोशीको रिहाइका लागि पहल गरिदिन अमिरलाई अनुरोध गरे।

कतारका अमिर र नेपालका राष्ट्रपतिबीचको भेटवार्तामा जलवायु परिवर्तन र नेपालमा कतारले गर्नसक्ने सम्भावित लगानीबारे पनि छलफल भएको छ।

यसअघि राष्ट्रपति पौडेलले कतारका अमिरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।कतारका अमिरको सुरक्षाको भित्री तहको जिम्मेवारी नेपाली सेनाले र बाहिरी तहको सुरक्षा अन्य सुरक्षा निकायले हेरिरहेको अधिकारीहरूले बताएका छन्।

नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार सेनासहित विभिन्न सुरक्षा निकाय सम्मिलित एकीकृत सुरक्षा समन्वय समितिले विभिन्न उपसमितिहरू बनाएर राजकीय भ्रमणमा आएका कतारका अमिरको सुरक्षाको प्रबन्ध मिलाइएको छ। सञ्चारमाध्यमहरूमा प्रकाशित विवरणका अनुसार उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएका कतारका अमिरको प्रतिनिधिमण्डलमा ८० जनाभन्दा बढी छन्।

उनी मङ्गलवार नेपाल आइपुग्नुअघि नै कतारका सुरक्षा अधिकारीहरू नेपाल आएको बताइएको छ।
के कुराकानी भयो?कतारका अमिरलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल स्वयं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

त्यहाँबाट कतारका अमिर सोझै राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग दुई पक्षीय भेटवार्ता गरेका हुन्।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलले बीबीसीसँग भने, “कतारमा रहेका नेपाली श्रमिकहरूका हक अधिकारको रक्षा, सेवासुविधाको कुरा समग्रमा राष्ट्रपतिले राख्नुभयो। कतारका अमिरले नेपाली श्रमिकहरूलाई अझ राम्रो क्षेत्रहरूमा लैजाने योजना रहेको जानकारी दिनुभयो।”

त्यसबाहेक नेपाल र कतारबीच भावी सहकार्यका बारेमा पनि कुराकानी भएको थियो।

पोखरेलले भने, “कतारका अमिरले विश्वस्त गराउनुभएको छ कि यो भ्रमणले नेपाल र कतारबीचको सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने छ। अब कतारले नेपालको जलस्रोत, कृषि, खाद्यान्न र पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउन सकिने सम्भावनाको ढोका खोलेको उहाँले बताउनुभयो। लगानी अभिवृद्धि गर्नेबारे संयुक्त समिति बनाउने कुरा छ।”

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका चुनौतीबारे पनि भेटमा कुरा राखेका थिए।

पोखरेलका अनुसार राष्ट्रपति पौडेलले जलवायु परिवर्तन मानव जातिको अस्तित्वसँग जोडिएको भन्दै हिमाल बचाउनुपर्ने र पानीको स्रोत जोगाउनुपर्ने धारणा राखेका थिए।

कतारका अमिरले जलवायु परिवर्तनका असर संसारले नै बेहोरिरहेको भन्दै सबै सम्झौताहरूको पालना हुनुपर्ने धारणा राखेका थिए।राष्ट्रपतिद्वारा स्वागत

कतारका अमिरलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल स्वयं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

अपराह्न ४ बजेतिर विशेष विमानमा उनी काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।

त्यहाँबाट कतारका अमिर सोझै राष्ट्रपति भवन शीतल निवास पुगेका थिए।

अधिकारीहरूले राजकीय भ्रमणसँग सम्बन्धित तीनवटा विमानहरू मङ्गलवार र एउटा विमान सोमबार नेपालमा अवतरण भएको जनाएका छन्।

राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा मङ्गलवार साँझ नै राजकीय भोज आयोजना गरेका छन्। राष्ट्रपतिका प्रेस सल्लाहकार पोखरेलका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालसहित सरकारका उच्चपदस्थ अधिकारीहरू उक्त राजकीय भोजमा सहभागी हुनेछन्।

कतारका अमिर अरब राष्ट्रहरूबाट नेपालको भ्रमणमा आउने हालसम्मकै सबैभन्दा विशिष्ट पाहुना हुन्।

उनको राजकीय भ्रमणलाई दृष्टिगत गर्दै सरकारले मङ्गलवार सार्वजनिक बिदा दिएको छ।

नेपाल अवतरण गरेपछि कतारका अमिरलाई नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो।

कतारका अमिरलाई विमानस्थलमा स्वागत गर्न पुग्नेमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसहितका उच्च अधिकारीहरू थिए।

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र ऊर्जा तथा जलस्रोत मन्त्री शक्तिबहादुर बस्नेत पनि अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।उनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग बुधवार द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। अधिकारीहरूले श्रम सम्झौता नवीकरण लगायतका मुद्दा यो भ्रमणका क्रममा उठाउने बताए पनि अहिलेसम्म खेलकुद, सञ्चारसहित कतिपय विषयमा सम्झौता र समझारीपत्रमा हस्ताक्षर हुने जनाइएको छ।

कतार नेपाली कामदारहरूको प्रमुख श्रम गन्तव्य हो। त्यहाँ झन्डै पाँच लाख नेपाली कार्यरत छन्।

अमिरको भ्रमणको बेला कतिपय अधिकारवादी संस्थाहरूले आप्रवासी श्रमिकको सुरक्षाबारे कतारसँग ठोस कुरा राख्न नेपाललाई आग्रह गरेका छन्।सुरक्षा प्रबन्ध के छ

कतारका अमिरको भ्रमणलाई ध्यान दिएर उच्चस्तरको सुरक्षा तयारी गरिएको छ।

उनी नेपाल अवतरण गर्ने समयलाई लक्षित गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विशेष सूचना नै जारी गरेको थियो।

काठमाण्डूका सडकहरूमा कतारका अमिरको स्वागतमा प्रवेशद्वारहरू राखिएका छन् भने नेपाल र कतारको मित्रता झल्काउने झण्डाहरू पनि विभिन्न स्थानमा देख्न सकिन्छ।नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार गृहमन्त्रालयले जारी गरेको विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि २०७७ अनुसार ‘त्रुटिरहित सुरक्षा’ बन्दोबस्त गरिएको बताए।

उनी भन्छन्, “उहाँको ओहदाअनुसार त्यही तहको सुरक्षाको प्रबन्ध मिलाएका छौँ। यसको व्यवस्थापन नै भित्री तहमा नेपाली सेनाको र अन्य तहमा अन्य सुरक्षा निकाय रहने भन्ने हुन्छ। यसका लागि हाम्रो अतिविशिष्ट सुरक्षा निर्देशनालय भन्ने अलग्गै विभाग नै छ। त्यहाँको र अन्यत्रका सुरक्षाकर्मीहरू खटिनुभएको छ।”कतारका अमिरलाई नेपालले एक जोडी हात्ती पनि उपहार दिने निर्णय गरेको छ। बीबीसीसँग कुरा गर्दै कतारका लागि नेपाली राजदूतले डा. नरेशविक्रम ढकाल कतारको चाहनाअनुसार नेपालले उक्त उपहार उपलब्ध गराउने निर्णय लिएको बताए।

ढकालले कतारबाट नेपालले जलस्रोत र पर्यटनजस्ता क्षेत्रमा लगानी भित्र्याउन सक्ने भन्दै त्यहाँका अमिरको भ्रमण दुई देशका लागि ऐतिहासिक रहेको बताए।
(बीबीसी)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया