Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआँबुखैरेनी गाउँपालिकाद्वारा चीनको शाओशान सहरसँग सम्बन्ध स्थापना

आँबुखैरेनी गाउँपालिकाद्वारा चीनको शाओशान सहरसँग सम्बन्ध स्थापना


काठमाडौं । चीनको पेपोल्स गणतन्त्रको शाओशान सहर र तनहुँ आँबुखैरेनी गाउँपालिकाबीच मित्रता सहर सम्बन्ध स्थापना गर्न सम्झौता भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा स्थानीय सरकार प्रमुखको हैसियतले १० दिने चीन भ्रमणमा रहेका आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले शाओशान शहरका मेयरसँग सम्झौता गरेका हुन् । सम्बन्ध कायम गरेसँगै दुई सहरका बीच कृषि, पर्यटन, अर्थ, संस्कृतिलगायत विभिन्न विषयमा आपसी सहयोग आदानप्रदान गर्ने सहमति भएको छ । यस्तै, पारस्परिक सम्मान, आपसी राजनीतिक विश्वास, समानता र पारस्परिक सम्बन्ध कायम राखी दुवै पक्षले मैत्रीपूर्णरूपमा सहयोग आदानप्रदान गर्ने, साझा समृद्धि र विकासलाई प्रवर्द्धन गर्न दुवै पक्षले अर्थतन्त्र, संस्कृति, कृषि, पर्यटन, पशुपालनलगायत क्षेत्रमा सहयोग आदानप्रदान गर्ने उल्लेख छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया