काठमाडौं, भदौ १७
नेपाल धितोपत्र बोर्डमा एक महिनाको अवधिमा एक अर्ब ४० करोड ७१ हजार तीन सय आठ रुपैयाँबराबरको बोनस सेयर सूचीकृत भएको छ । बोर्डका अनुसार पछिल्लो एक महिना अर्थात् साउन २ गतेदेखि यही भदौ २ गतेसम्ममा नेपाल बंगलादेश बैंक, नेपाल इन्स्योरेन्स कम्पनी, नागरिक लगानी कोषसहितका १५ वटा कम्पनीहरुको एक करोड ४० लाख पाँच हजार सात सय १३ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
बोर्डका अनुसार पछिल्लोपटक सपोर्ट लघुवित्त वित्तीय संस्थाको ६० लाख रुपैयाँबराबरको ६० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ भने प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको २५ करोड नौ लाख ९२ हजार पाँच सय रुपैयाँबराबरको २५ लाख नौ हजार नौ सय २५ कित्ता बोनस सेयर सूचीकृत भएका छन् । यसैगरी नागरिक लगानी कोषको पनि २९ करोड ५८ लाख ७१ हजार तीन सय छ कित्ता बोनस सेयर सूचीकृत भएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको पनि चार करोड ७२ लाख २६ हजार छ सय ७० रुपैयाँबराबरको चार लाख ७२ हजार दुई सय ६७ कित्ता सेयर सूचीकृत भएको छ ।
बोर्डका अनुसार ग्लोबल आईएमई लघुुवित्त वित्तीय संस्थाको पनि तीन करोड ८६ लाख ६० हजार एक सय २५ रुपैयाँबराबरको तीन लाख ८६ हजार छ सय एक दशमलव २५ कित्ता बोनस सेयर सूचीकृत भएको छ भने नेपाल बंंगलादेश बैंकको पनि ४० करोड ७६ लाख १२ हजार छ सय रुपैयाँबराबरको ४० लाख ७६ हजार एक सय २६ कित्ता बोनस सेयर सूचीकृत भएका छन् । एक्सेल डेभपलमेन्ट बैंकको पनि ११ करोड ८४ लाख ४७ हजार दुई सय ५० रुपैयाँबराबरको ११ लाख ८४ हजार चार सय ७२ दशमलव ५० कित्ता बोनस सेयर सूचीकृत भएको छ भने छ्याङ्दी हाइड्रोपावर लिमिटेडको पनि एक करोड ३५ लाख रुपैयाँबराबरको एक लाख ३५ हजार कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।
यसैगरी वोमी लघुुवित्त वित्तीय संस्थाको पनि दुुई करोड ५२ लाख ७२ हजार रुपैयाँबराबरको दुुई लाख ५२ हजार सात सय कित्ता बोनस सेयर सूचीकृत भएको छ भने नेपाल इन्स्योरेन्स कम्पनीको पनि पाँच करोड ४७ लाख ७६ हजार आठ सय ३३ रुपैयाँबराबरको पाँच लाख ४७ हजार सात सय ६८ कित्ता बोनस सेयर सूचीकृत भएका छन् । आईएमई जनरल इन्स्योरेन्स कम्पनीको पनि छ करोड १२ लाख २६ हजार रुपैयाँबराबरको छ लाख १२ हजार दुुई सय ६० कित्ता बोनस सेयर सूचीकृत भएका छन् । यीबाहेक समाज लघुुवित्त वित्तीय संस्था, स्पर्श लघुुवित्त वित्तीय संस्था, नयाँ नेपाल लघुुवित्त वित्तीय संस्था आदिको पनि बोनस सेयर सूचीकृत भएको बोर्डले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया