असोज ५ गतेदेखि बस र हवाइ सेवा सञ्चालन हुँदै
काठमाडौं ।
सरकारले बन्द भएको करिब छ महिनापछि आउँदो असोज ५ गते सोमबारदेखि लामो दूरीको बस सेवा र आन्तरिक हवाइ उडान सुरु गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । ती दुवै सेवा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्न पाइनेछ ।
चैत ११ गते लकडाउन सुरु हुनुअगाडि नै हवाइ र अन्तर्जिल्ला यातायात बन्द गरेको थियो । तर, चैत ११ गतेबाट भने ती सेवा पूर्णतया बन्द भएका थिए । सरकारले जिल्लाभित्रको लागि बससेवा खोल्ने र सञ्चालन गरे पनि अन्तर्जिल्ला बससेवा भने सञ्चालन गरेको थिएन ।
काठमाडौंमा बाहिरबाट आउनेले कोरोना ल्याउँछन् भनेर यसअघि अन्तर्जिल्ला बससेवा सञ्चालन नगरिए पनि अहिले बाहिरी जिल्लामा भन्दा काठमाडौंमा बढी कोरोना संक्रमित देखिएपछि सरकारले बससेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभाको रिक्त सदस्यमा नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
त्यस्तै, बैठकले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी दिँदै सरकारको प्रवक्ता बनाएको छ । २०७४ सालको आम निर्वाचनमा बर्दियाबाट पराजित गौतमले यसअघि पटक–पटक प्रतिनिधिसभामा आउने प्रयास गरेका थिए । उनले काठमाडौंका रामवीर मानन्धरलाई राजीनामा गराएर सो क्षेत्रबाट निर्वाचन लड्ने तयारी गरेका थिए । तर, जनविरोध बढेपछि गौतम पछि हटेका थिए ।
त्यसपछि रवीन्द्र अधिकारीको निधनबाट रिक्त कास्कीमा चुनाव लड्ने योजना बनाए पनि पहिल्यै विरोध भएपछि उनले त्यहाँ पनि उठ्ने कोशिस गरेनन् । पछि डोल्पाका निर्वाचन सांसदलाई राजीनामा गराएर चुनाव लड्ने प्रयास गरे पनि त्यसमा सफल भएनन् ।
प्रतिनिधिसभामा चुनाव उठ्ने प्रयास असफल भएपछि गौतमले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन गर्ने तयारी गरे । त्यसको चौतर्फी विरोध भएपछि उनी राष्ट्रियसभामै नजाने निचोडमा पुगेका थिए । त्यसपछि आर्थिक अपराधीहरुको उक्साहटमा गौतमले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको दुईवर्षे कार्यकाल सकिएको पदमा मनोनीत हुने इच्छा व्यक्त गरे ।
गौतमले पहिला नै राष्ट्रियसभामा जाने इच्छा व्यक्त गरेका थिए भने स्थानीय र प्रदेश तहबाट निर्वाचित हुने पदमा उम्मेदवार बनाउने निर्णय हुने थियो । तर, गौतमले खतिवडालाई नै रोक्ने गरी उनकै पद खोजेर बसेपछि गौतममाथि करछली गर्ने आर्थिक अपराधीहरुको लगानी रहेको आशंका गरिएको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया