Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआर्थिककर्मी लुइँटेल सम्मानित

आर्थिककर्मी लुइँटेल सम्मानित


विराटनगर ।
उद्योग संगठन मोरङले आर्थिक दैनिकका विराटनगर संवाददाता शंकर लुईटेललाई सम्मान गरेको छ । संगठनको ४८औँ वार्षिक साधारणसभाको अवसरमा शुक्रबार लुईटेललाई एक समारोहका बीच सम्मान गरेको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार एवं स्थानीय उद्योगी मोती दुगडले लुईटेललाई दोसल्लाह ओढाएर नगदसहित सम्मानपत्रद्वारा सम्मान गरेका थिए ।

उद्योग संगठन मोरङले निष्पक्षरूपमा पत्रकारिताको माध्यम हुँदै नागरिक, सरोकारवाला र सर्वसाधारणलाई सुसूचित गराउन ठूलो भूमिका खेलेको भन्दै उनलाई सम्मान गरेको हो । उक्त अवसरमा संगठनका अध्यक्ष भीम घिमिरेसहित सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी एवं व्यवसायीको समेत उपस्थिति रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया