Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेयर बजार पुन २६ सय अंकमा

सेयर बजार पुन २६ सय अंकमा

२५ अंकले उकालो लाग्दा चार अर्ब ३५ करोडको सेयर खरिद बिक्री


काठमाडौं ।
सेयर बजार परिसुचक पुन २६ सय अंकमा उक्लिएको छ । अघिल्ला दिनहरुमा लगातार ओरालो लागेर २५ सय अंकमा झरेको बजार परिसुचक साताको अन्तिम कारोवार दिन आज बिहिबार २५ दसमलव ८२ अंकले उकालो लागेर २६ सय ११ दसमलव १० अंकमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दसमलव ९१ अंकले उकालो लागेर चार सय ६९ दसमलव दुुई अंकमा चढेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय १७ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट ५० हजार छ सय ७३ पटकको कारोवारमा ९८ लाख १८ हजार ४६ कित्ता सेयर किनबेच भएको छ । उक्त परिमाणमा सेयर किनबेच हुंदा आज कुल कारोवार रकम चार अर्ब ३५ करोड ७० लाख १९ हजार दुई सय ४९ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा बिहीवार कारोवार भएका कुल उपसमुह मध्ये दुई वटा उपसमुहको सुचक ओरालो लागेका छन् भने बाँकी उपसमुहको सुचक उकालो लागेका छन् । जसमध्ये होटल तथा पर्यटन र लगानी उपसमुहको सुचक घटेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा सहितका ११ वटा उपसुमहको सुचक उकालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया