Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिषेधाज्ञामा कर नतिर्नेलाई कारबाही नगर्न सर्वोच्चको आदेश

निषेधाज्ञामा कर नतिर्नेलाई कारबाही नगर्न सर्वोच्चको आदेश


काठमाडौँ। कोरोना महामारी रोकथामका लागि निषेधाज्ञा लगाइएको अवधिभर कर कार्यालयहरूमा कर विवरण नबुझाउने र कर रकम नतिर्नेलाई जरिवाना र हर्जना नलगाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

बुधबार सर्वोच्चका न्यायाधीश मीरा खड्काको एकल इजलासले अर्थ मन्त्रालयको नाममा उक्त आदेश दिएको हो । निषेधाज्ञाको बेलामा पनि कर कार्यालयहरूले अनलाइनमार्फत विवरण बुझाउन तथा आईपीएसमार्फत कर रकम जम्मा गर्न पटक–पटक फोन गर्ने तथा एसएमएस गर्न थालेपछि त्यसविरुद्ध सर्वोच्चमा मुद्दा परेको थियो ।

सर्वोच्चले बुधबार जारी गरेको आदेशमा भनिएको छ, ‘निषेधाज्ञा वा बन्दाबन्दी लागू भएको समयावधिसम्म मूल्यअभिवृद्धि कर विवरण र कर दाखिला नगरेमा जरिवाना नगर्नु÷नगराउनु ।’ साथै सर्वोच्चले करदाताले कसरी र कुन मितिमा कर बुझाउने भन्ने पनि प्रष्ट पारेको छ । सर्वोच्चले आफ्नो आदेशमा निषेधाज्ञा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र कर विवरण वा कर रकम बुझाउन करदाताहरूलाई सम्बन्धित कर कार्यालयले आवश्यक व्यवस्था मिलाउनुपर्ने उल्लेख गरेको छ ।

सर्वोच्चको उक्त आदेशको कारण करदाताहरूलाई केही राहत मिलेको छ । सबै व्यवसाय बन्द भएको कारण कर तिर्ने रकम जोहो गर्न नै करदाताहरूलाई समस्या परेको छ । नेपालमा कोरोनाको महामारीले करदातालाई समेत आक्रान्त पारेको छ । अहिले सरकारले विभिन्न जिल्लामा अत्यावश्यकबाहेक सबै सेवा र कार्य बन्द गरेको छ । अहिले नेपालमा कोरोनाको दोस्रो भेरिएन्टले आक्रान्त पारेको बेला तेस्रो भेरिएन्ट पनि फैलिएको पुष्टि भएको छ । यसले करदाता मात्र होइन सबै पक्षलाई नराम्रो असर गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया