Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहामारीमा सरकारको गलत निर्णय : वैदेशिक रोजगारीमा नेपाली श्रमिकलाई रोकेर विदेशी श्रमिकलाई खुला

महामारीमा सरकारको गलत निर्णय : वैदेशिक रोजगारीमा नेपाली श्रमिकलाई रोकेर विदेशी श्रमिकलाई खुला

भारतीय दूतावासको दबाबमा भारतीय श्रमिकलाई साउदी पु¥याउने सरकारी निर्णय : वैदेशिक रोजगार संघ


काठमाडौँ । सरकारको चार्टर्ड उडानसम्बन्धी पछिल्लो निर्णयले वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई विभेद गरेको छ । सरकारले अन्तर्राष्ट्रिय उडान स्थगित गरेसँगै नेपाली नागरिकहरू वैदेशिक रोजगारीमा जानबाट वञ्चित भएको बेलामा भारतीय नागरिकहरूको लागि भने अन्तर्राष्ट्रिय चार्टर्ड उडान खुला गरेर सरकारले आफ्नै नागरिकलाई विभेद गरेको छ । सरकारले गत वैशाख २३ गते मध्यरातदेखि अन्तर्राष्ट्रिय उडान स्थगित गरेको हो ।

परराष्ट्र मन्त्रालयले नेपालस्थित भारतीय दूतावासको आग्रहमा भारतीय नागरिकलाई काठमाडौं त्रिभुवन विमानस्थलबाट साउदी अरब चार्टर्ड उडान भर्ने निर्णय गरेसँगै वैदेशिक रोजगारीमा जाने नेपाली नागरिक अन्यायमा परेका हुन् ।

परराष्टले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेख्दै भारतीय नागरिकलाई चार्टर्ड उडानमार्फत साउदी अरब पु¥याउन निर्देशन दिएको थियो । परराष्ट्रको निर्देशनलाई आत्मसात् गर्दै पर्यटनले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई चार्टर्ड उडानको व्यवस्थापन गर्न निर्देशन दिएको थियो ।

यस्तै परराष्ट्रले भारतीय दूतावासको आग्रहमा चार्टर्ड उडान व्यवस्थापन गर्न पर्यटनलाई पत्र पठाएको छ ।‘प्रस्तुत विषयमा परराष्ट्र मन्त्रालयको गत वैशाख २९ को पं.सं. पीआरओ÷प्रो एस÷०७७÷७८÷३०, च.नं. ८४६६ को पत्र तथा भारतीय दूतावासको गत वैशाख २९ को पत्र यसैसाथ संलग्न छ । माग भई आएबमोजिम भारतीय दूतावासबाट सिफारिस भएका भारतीय नागरिकहरू लैजानको लागि काठमाडौंबाट साउदी अरबको विभिन्न गन्तव्यमा एकतर्फी यात्रु बोक्ने गरी साताका सात उडान गर्न नेपाल वायुसेवा निगमलाई चार्टर्ड उडान अनुमति उपलब्ध गराइएको हुँदा आवश्यक कार्यार्थ त्यहाँ पठाइएको व्यहोरा आदेशानुसार अनुरोध छ । भारतीय नागरिकलाई साउदी पु¥याउनको लागि साताको तीन उडान गर्न हिमालय एयरलाइन्सलाई अनुरोध छ’, पत्रमा भनिएको छ ।

सरकार तथा परराष्ट्र र पर्यटनको पछिल्लो निर्णयलाई वैदेशिक रोजगार व्यवसायी संघले आपत्ति जनाएको छ । संघको महासचिव सुजित कुमार श्रेष्ठले अन्तर्राष्ट्रिय उडानमा रोक लगाउँदा हजारौँ नेपाली श्रमिक वैदेशिक रोजगारीमा जान वञ्चित हुनपुगेको अवस्थामा भारतीय दूतावासको दबाबमा काठमाडौं हुँदै भारतीय श्रमिकलाई साउदी पु¥याउने निर्णय गरेको बताए ।

नेपाल सरकारले कोरोना महामारीका कारण वैदेशिक रोजगारीका गन्तव्यमा अन्तर्राष्ट्रिय उडान ३१ मेसम्म बन्द गरेको छ । यसकारण वैदेशिक रोजगारीका लागि उड्नलागेका हजारौँ नेपाली श्रमिक साउदी अरब जान पाएनन् । ‘तर, सरकारले भारतीय दूतावासको दबाबमा भारतीय श्रमिकलाई विशेष दर्जा दिँदै नेपालको विमानस्थल प्रयोग गरेर सातामा १० वटा उडान पठाएको छ । सरकारको अनुचित निर्णयको म घोर निन्दा गर्छु’, उनले भने ।

संघ तथा श्रमिकहरूले आफूहरू चार्टर्ड उडानमार्फत मलेसिया तथा खाडी मुलुक जान दिन सरकारसमक्ष आग्रह गर्दै आए पनि त्यसलाई बेवास्ता गर्दै आएको छ । प्राधिकरणले मन्त्रालयको निर्देशनअनुरुप काठमाडौंबाट भारतीयलाई साउदी अरब पु¥याउनको लागि मंगलबारबाट चार्टर्ड उडान अनुमति प्रदान गरेको छ भने नेपाल वायुसेवा निगमले पनि चार्टर्ड उडानको लागि आफूहरू तयार रहेको जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया