Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगड्डाचौकी नाकामा होल्डिङ सेन्टर निर्माण

गड्डाचौकी नाकामा होल्डिङ सेन्टर निर्माण


महेन्द्रनगर।भारतबाट आउने नेपालीहरूका लागि गड्डाचौकी नाकामा होल्डिङ सेन्टर निर्माण गरिएको छ । सुदूरपश्चिमका नौवटै जिल्ला र अन्य जिल्लाका लागि गरी छुट्टाछुट्टै निर्माण गरिएको होल्डिङ सेन्टर बुधबारदेखि सञ्चालनमा समेत आएको छ ।

भीमदत्त नगरपालिका, निड्स नेपाल र श्रीदल गण भगतपुरको सहकार्यमा होल्डिङ सेन्टरको निर्माण गरिएको हो । वैशाख २० गतेदेखि निर्माणकार्य सुरु गरिए पनि हावाहुरीका कारण दुई पटक क्षति हुनपुगेपछि केही समय ढिला भएको बताइएको छ ।

अहिले अस्थायीरूपमा मात्रै निर्माण गरिएको निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले बताए । श्रीदल गण भगतपुरका सेनानी प्रतीक कार्कीका अनुसार भीमदत्त नगरपालिकाले ग्राभेल, बाँस, तथा निड्स नेपालले त्रिपाल, कुर्सी, खानेपानी, शौचालयलगायतका अन्य निर्माण सामग्री सहयोग गरेको छ ।

त्यसैगरी गणको जनशक्ति प्रयोग गरिएको सेनानी कार्कीले बताए । गड्डाचौकी नाका भएर भित्रिने नेपालीहरूका लागि नाकामै स्वास्थ्य परीक्षणको व्यवस्था समेत भीमदत्त नगरपालिकाले मिलाएको छ । नाकामै हेल्थ्य डेस्क स्थापना गरेर एन्टिजिन परीक्षणपछि सम्बन्धित स्थानमा पठाउने गरिएको छ । एन्टिजिन पोजिटिभ आएकाहरूलाई आईसीएचको भवनमा राख्ने गरिएको छ ।

मौसम प्रतिकूलताका कारणले होल्डिङ निर्माणमा ढिलाइ भएको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले बताए । विष्टले स्थायी प्रवृत्तिको होल्डिङ सेन्टर निर्माणको योजनामा नगरपालिका लागेको बताए । ‘कोरोना महामारी मात्रै होइन भूकम्प, बाढी र हावाहुरीबाट हुने क्षतिको अवस्थामा समेत काम लाग्ने गरी होल्डिङ सेन्टर निर्माण गर्ने योजनामा जुटेका छौँ’ विष्टले भने । हाल गड्डाचौकी नाकाबाट दैनिक दुईदेखि तीन सय जना नेपालीहरू भित्रिने गरेका छन् ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया