Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबझाङमा महामारीमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि, उपभोक्ता मारमा

बझाङमा महामारीमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि, उपभोक्ता मारमा


बझाङ ।कोरोना महामारीका बीच दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् । निषेधाज्ञाको मौका छोप्दै उद्योगी, व्यापारी, र बिचौलियाहरूले चामल, तेल, दाल, गेडागुडी, चिनी र अण्डालगायत खाद्य वस्तुको मूल्यवृद्धि गरेका छन् ।

निषेधाज्ञाका कारण महामारीसँग लड्दै गरेका उपभोक्ताहरूको आम्दानीसमेत घटेको अवस्थामा अनेक बहानामा दैनिक उपभोग्य वस्तुको मूल्य बढाउने काम व्यापारीहरूबाट भइरहेको उपभोक्ताको गुनासो छ । खुद्रा व्यापार संघले दिएको जानकारीअनुसार निषेधाज्ञा सुरू हुनुभन्दा अघि प्रतिकिलो एक सय १० रूपैयाँ मूल्य रहेको मसुरोको दालको मूल्य यति बेला प्रतिकिलो एक सय २२ रूपैयाँ पुगेको छ ।

मासको दाल रूपैयाँले वृद्धि हुँदै एक सय ६५ बाट एक सय ७५ रूपैयाँ पुगेको छ । त्यसैगरी, हरेक ब्रान्डको चामलमा प्रतिबोरा दुई सय रूपैयाँदेखि तीन सय रूपैयाँसम्म मूल्य बढाइएको संघले बताएको छ । यतिबेला मूल्य बढाउनुपर्ने त्यस्तो खास कारण केही नभए पनि केही सीमित व्यापारी र बिचौलियाहरूले राजनीतिक तरलता र निषेधाज्ञाको बहानामा मूल्य बढाएको हुनसक्ने नागरिक समाजका अध्यक्ष धर्म जङ बहादुर सिंहले बताए । उनका अनुसार खाद्य वस्तुको व्यापारमा कालोबजारी मौलाएको छ । ‘यो समस्या न सरकारलाई हेर्ने फुर्सद छ न त उधोग वाज्यिय संघलाई यससम्बन्धी कुनै चासो छ,’ उनले भने । यही मौकामा थोक व्यापारीहरूले खुद्रा व्यापारीलाई सही मूल्यको बीलबीजक नदिने समस्या पनि उत्तिकै बढेको उनको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया