Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअक्सिजन सिलिन्डर कालोबजारी गर्ने ३ जना पक्राउ

अक्सिजन सिलिन्डर कालोबजारी गर्ने ३ जना पक्राउ


ललितपुर । अक्सिजन सिलिन्डरको कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई ललितपुर महानगरपालिका–१४ महालक्ष्मीस्थानबाट मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले बजारमा १५ हजार रूपैयाँ पर्ने अक्सिजन सिलिन्डरलाई बजारमूल्यभन्दा बढी लिई प्रतिसिलिन्डर ४१ हजार रूपैयाँमा बिक्री गर्नेगरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–१५ सातदोबाटो बस्ने नुवाकोट विदुर नगरपालिका–३ घर भएका ३९ वर्षीय रामकृष्ण घिमिरे, ललितपुर महानगरपालिका–१२ लगनखेल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–६ घर भएका ४२ वर्षीय नवराज खनाल र ललितपुर महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने धादिङ गल्छी गाउँपालिका–२ घर भएका ४२ वर्षीय राम शरण अधिकारी रहेका छन् ।

हाल विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ रोगको कारण बिमारी भई अस्पतालमा उपचाररत बिरामीहरूको लागि अक्सिजन सिलिन्डर अभाव भइरहेको छ । उक्त मौका छोपेर ललितपुर जिल्लामा समेत अक्सिजन सिलिन्डरको कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा सिलिन्डर बिक्री गर्नेगरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट अक्सिजन भरिएको सिलिन्डर एक थान, सोही सिलिन्डर बिक्री गर्दै गरेको नगद ४१ हजार रूपैयाँ र चार थान रसिद समेत प्रहरीले बरामद गरेको छ । उनीहरूउपर कालो बजार तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया